अस्पतालमा आगलागी : ६ जनाको मृत्यु

२०८१ मंसिर २८ गते, शुक्रबार


काठमाडौँ । भारतको तमिलनाडुको एक अस्पतालमा लागेको भीषण आगलागीमा परेर ६ जनाको मृत्यु भएको छ । तमिलनाडुको डिंडीगुल जिल्लामा रहेको निजी अस्पताल लागेको आगोमा कम्तिमा ६ जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको भारतीय संचारमाध्यहरुले जनाएका छन् । स्थानीय, प्रहरी र अग्नीनियन्त्रकको सहयोगमा आगो नियन्त्रणमा लिइएको अधिकारीहरुले जानकारी दिएका छन् । आगलागीपछि अस्पतालको लिफ्टमा रहेका सबै मानिस बेहोश भएका थिए । विद्युत शट भएका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]