मलेसियामा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु, ३३ घाइते

२०८१ पुष ९ गते, मंगलवार


काठमाडौँ । गए राति उत्तरतर्फ जाने उत्तर–दक्षिण एक्सप्रेसवेको आयर केरोह रेस्ट र सेवा नजिक तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा २७ यात्रु बोकेको एउटा टुर बस, एउटा ट्रेलर र टोयोटा बीच भएको थियो । स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेमा तीन पुरुष, तीन महिला र एक बालिका रहेका छन् । दुर्घटनाका कारण राजमार्गको दुबै दिशामा १० किलोमिटरभन्दा बढी ट्राफिक जाम भएको थियो । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भारतबाट १६ बालबालिकाको उद्धार

२०८२ कार्तिक १५ गते, शुक्रबार

भारत र चीनबीच पुनः सिधा हवाई उडान सुरु

२०८२ कार्तिक ११ गते, सोमबार

नयाँ दिल्लीमा कृत्रिम वर्षाको तयारी

२०८२ कार्तिक ९ गते, शनिबार