जम्मु कश्मीरमा सेनाको भ्यान दुर्घटना : ५ सैनिकको मृत्यु

काठमाडौँ । भारतको जम्मु कश्मीरमा सेनाको भ्यान दुर्घटना हुँदा ५ सैनिकको मृत्यु भएको छ। जम्मू कश्मीरको पुन्चमा १८ सैनिक बोकेको सेनाको भ्यान ३५० फिट गहिरो खाडलमा खसेको थियो। जसमा सवार ५ सैनिकको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
मराठा रेजिमेन्टका ति सैनिकहरू हिजो साँझ नियन्त्रण रेखा (एलओसी) तर्फ गइरहेका थिए। बलनोई क्षेत्रको घोडा पोष्ट नजिक चालकले नियन्त्रण गुमाउँदा भ्यान दुर्घटना भएको हो। घटनास्थलबाट १३० मिटर मात्र टाढा सेनाको पोष्ट थियो। यसअघि पनि केही दिन अघि सेनाको भ्यान दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु भएको थियो।