भारत ७६औं गणतन्त्र दिवस मनाउँदै

काठमाडौँ । भारतले आज ७६औं गणतन्त्र दिवस मनाउँदै छ। यस अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरूले देशवासीलाई शुभकामना दिएका छन्। प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल मार्फत् संविधान निर्माण गरेर लोकतन्त्र, स्वाभिमान र एकतामा आधारित विकास यात्रा सुनिश्चित गर्ने सबै व्यक्तित्वहरूको सम्झना गर्दै गणतन्त्र दिवसको शुभकामना दिएका छन्। उनले इन्स्टाग्राममा लेखेका छन्, “गणतन्त्र दिवसको धेरै–धेरै शुभकामना। यस अवसरमा हाम्रो संविधान निर्माण गरेर लोकतन्त्र, स्वाभिमान र एकतामा आधारित हाम्रो विकास यात्रा सुनिश्चित गर्ने सबै महान् व्यक्तित्वहरूलाई हामी सलाम गर्दछौं।”
रक्षामन्त्री राजनाथ सिंहले पनि ट्वीटरमा देशवासीलाई गणतन्त्र दिवसको शुभकामना दिएका छन्, “यो हाम्रो लोकतन्त्र मनाउने अवसर हो।”