पटाका पसलमा आगलागी : ५ को मृत्यु

२०८१ फाल्गुन २७ गते, मंगलवार

काठमाडौँ । भारतको झारखण्डस्थित एक पटाका पसलमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । गढ़वारहको गोदरमानाको बजारमा रहेको पसलमा आगलागी हुँदा तीनजना बालबालिकासहित पाँच जनाकोे जलेर मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनामा परि अन्य तीनजना घाइते भएका छन् । आगलागीमा जलेकाहरुलाई नजिकैको अस्पताल लगिएकोमा ५ जनालाई अस्पतालले मृत घोषणा गरेको थियो भने अन्यको उपचार भइरहेको प्रहरीले जनाएको छ । दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटनाबारे अनुसन्धार भइरहेको बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु