म्यानमारबाट १२ नेपालीको उद्धार

काठमाडौँ । म्यानमारबाट १२ नेपालीको उद्धार गरिएको छ। म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइ १२ नेपालीलाई स्वदेश फर्काइएको हो । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरी उनीहरूलाई बुधबार नेपाल फर्काएको हो ।उद्धार गरी नेपाल फर्काइएकामा एक महिला र ११ पुरुष छन् । मानव तस्करहरूले उनीहरूलाई म्यानमारको मेवाडी पुर्याइ अनलाइन स्क्यामिङ कार्यमा लगाएका थिए ।
बैंककस्थित नेपाली दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ । दूतावासले कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतुले कम्वोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउन अनुरोध गरेको छ ।