भारतमा कोरोना भाइरसको संक्रमण तीव्र

काठमाडौँ । भारतको पश्चिम बंगाल राज्यमा थप ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यससँगै राज्यमा कुल सक्रिय कोरोना संक्रमितको संख्या ११ पुगेको छ । बिरामीलाई सास फेर्न समस्या भइरहेको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था पीटीआईले जनाएको छ । हाल भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या १ हजार नाघेको छ ।
भारतको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हाल भारतमा १ हजार ९ जनामा कोरोन भाइरसका संक्रमित फेला परेका छन् । यीमध्ये अधिकांशलाई सामान्य लक्षण देखा परेको जनाइएको छ ।
सबैभन्दा धेरै दक्षिणी राज्य केरलामा संक्रमित फेला परेका छन् । समाचारमा जनाइएअनुसार केरलामा ३ सय ३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । त्यसपछि महाराष्ट्रमा १ सय ५३ जना, दिल्लीमा ९९ जना, गुजरातमा ७६ जना र कर्णाटकमा ३४ जनामा कोरोना संक्रमित पुष्टि भएका छन् ।