यूएईमा ११ महिनामा २८१ नेपालीको मृत्यु

२०८२ असार ६ गते, शुक्रबार


काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेकामध्ये २८१ नेपालीको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार, २०८१ साउन १ देखि २०८२ जेठ मसान्तसम्मको अवधिमा यूएईमा उक्त संख्यामा नेपालीको मृत्यु भएको हो । दूतावासले सार्वजनिक गरेको विवरणअनुसार २०८१ साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७, चैतमा १७, २०८२ वैशाखमा ३५ र जेठमा २० नेपालीको मृत्यु भएको छ । पछिल्लो ११ महिनामा प्रत्येक महिना औसतमा २५ जनाभन्दा बढी नेपाली कामदारको मृत्यु यूएईमा भएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष प्रत्येक महिना औसतमा १९ जनाभन्दा बढी नेपालीको मृत्यु यूएईमा भएको थियो । सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटुसम्बन्धी रोग लगायतका कारण नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भारतबाट १६ बालबालिकाको उद्धार

२०८२ कार्तिक १५ गते, शुक्रबार

भारत र चीनबीच पुनः सिधा हवाई उडान सुरु

२०८२ कार्तिक ११ गते, सोमबार

नयाँ दिल्लीमा कृत्रिम वर्षाको तयारी

२०८२ कार्तिक ९ गते, शनिबार