भारतबाट सात जना नेपाली बालकको उद्धार

२०८२ असार २२ गते, आईतवार


काठमाडौँ । भारतबाट सात जना नेपाली बालकको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र जनकपुरले मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जितकुमार यादवको उपस्थितिमा भारतबाट उद्धार गरी नेपाल ल्याइएका बालकलाई अभिभावकको जिम्मा लगाइएको हो ।
तीन महिना अघि भारतको चेन्नइमा काम गर्नका लागि जाने क्रममा भारत विहारको मुजफ्फरपुर रेल्वे स्टेशन पुगेका ती बालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले त्यहाँ रहेको बाल कल्याण समितिको जिम्मा लगाएको थियो ।
भारतबाट उद्धार गरेर ल्याइएका सर्लाहीका तीन र महोत्तरीका चार जना बालक रहेका छन् । उनीहरुलाई कानूनी प्रक्रिया पूरा गरेर उद्धार गरी गत शुक्रवार नेपाल ल्याइएको बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र धनुषाका प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]