पकिस्तानमा भारी वर्षा : ६३ जनाको मृत्यु,तीन सय जना जना घाइते

२०८२ श्रावण ३ गते, शुक्रबार


काठमाडौँ । पकिस्तानको पन्जाब प्रान्तमा आएको भारी वर्षाका कारण एकैदिन ६३ जनाको मृत्यु भएको छ भने बाढीमा परेर करिव तीन सय जना जना घाइते भएका छन ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बाढीका कारण पन्जाबभरिका धेरै एक्सप्रेसवेहरू बन्द भएका छन् भने दर्जनौं उडानहरू रद्द वा ढिलो भएका छन् । बाढीपछि रावलपिन्डी शहरका अधिकारीहरूले मानिसहरूलाई घरभित्रै रहनका लागि सार्वजनिक बिदा दिइएको छ ।
पाकिस्तानमा पछिल्लो एक दिनमा ४ सय मिलिलिटर वर्षा भएको छ । पन्जाबका अधिकारीहरूले सप्ताहन्तभरि थप वर्षा र बाढी आउने चेतावनी दिएका छन् । मनसुन शुुरु भएदेखि अर्थात् जुनको अन्त्यदेखि नै पाकिस्तनामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ८० पुगेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]