म्यानमारमा संकटकाल अन्त्य

२०८२ श्रावण १७ गते, शुक्रबार


काठमाडौँ । म्यानमारको सैनिक सरकारले आगामी डिसेम्बरमा आमनिर्वाचन गराउनका लागि चार वर्षे लामो संकटकाल अन्त्य गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सैनिक प्रवक्ता जाव मिन तुनले बहुदलीय प्रजातन्त्र स्थापनाका लागि ६ महिनाभित्र निर्वाचन गराउने बताए । सेनाले निर्वाचन मिति भने तोकेको छैन ।
निर्वाचनका लागि दल दर्ता भने भैरहेको छ । सेनाले सन् २०२१ फेब्रअरीमा प्रजातान्त्रिक नेतृ आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता हातमा लिएपछि म्यानमारमा राजनीतिक अस्थिरताको अवस्था रहेको छ । नागरिक सरकारलाई अपदस्थ गरेयताको गृहयुद्धमा हजारौँ मानिसको मृत्यु भएको छ । कयौं मानिस अझै जेलमा रहेको समाचारमा उल्लेख छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]