भारतको राजस्थानमा सवारी दुर्घटना : १० जनाको मृत्यु

काठमाडौँ । भारतको राजस्थानमा बुधबार बिहान भएको सवारी दुर्घटनामा दश जनाको मृत्यु भएको छ । राजस्थानको डौसामा बिहान मन्दिर दर्शन गरेर फर्किरहेकाहरू सवार कार रोकिराखेको पिकअप ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा ७ बालबालिका र ३ महिलाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । घाईते भएका सात जना जयपुरको एसएमएस अस्पतालमा भर्ना भएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार खाटुश्याम मन्दिरको दर्शन गरेर फर्किरहेका भक्तजनहरूको कार पार्किङमा रहेको पिकअप ट्रकसँग ठोकिएर दुर्घटना भएको हो । दुर्घटनाबारे अनुसन्धान भैरहेको समाचारमा उल्लेख छ ।