अमेरिकावाट ७ हजार नेपाली निकालिने !

२०८२ भाद्र ५ गते, बिहीबार


काठमाडौँ । अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनका पक्षमा फैसला गर्दै झन्डै ७ हजार नेपालीको टेम्पोररी प्रोटेक्टेड स्टेटस (टीपीएस) सुविधा अन्त्य गर्न अनुमति दिएको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नेपालीले यही अगस्ट ५ सम्म मात्र टीपीएस सुविधा पाउने निर्णय गर्दै देश छाड्ने तयारी गर्न भनेको थियो। अदालतले अनुमति दिएसँगै यो म्याद सकिएका ७ हजार नेपालीलाई अमेरिकाले देशनिकाला गर्ने प्रक्रिया अघि बढाउन सक्छ।
अमेरिकाको संघीय पुनरावेदन अदालतले नेपाल र मध्य अमेरिकाका झन्डै ६० हजार आप्रवासीका लागि टिपीएस सुविधा कायम राख्ने तल्लो अदालतको आदेशमा हालका लागि रोक लगाएको हो। पुनरावेदन अदालतको फैसलासँगै ५१ हजार होन्डुरन र ३ हजार निकारागुआनहरूको टिपीएस सुविधा पनि सेप्टेम्बर ८ मा समाप्त हुने तय भएको छ।
यसअघि अमेरिकाको संघीय अदालतले मध्यअमेरिकी देशसहित नेपालका नागरिकले पाइरहेको टीपीएस सुविधा अदालती प्रक्रिया रहँदासम्म निरन्तर कायम गर्न आदेश दिएको थियो।

प्रतिक्रियाहरु

[anycomment]