निर्माणाधीन रेल्वे पुल भाँचिँदा १२ जनाको मृत्यु, ४ जना बेपत्ता

२०८२ भाद्र ७ गते, शनिबार


काठमाडौँ । चीनको चिङ्हाई प्रान्तमा निर्माणाधीन रेल्वे पुल भाँचिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ४ जना हराइरहेका छन्। शुक्रबार साँझ करिब ६ बजे यलो नदीमाथि निर्माण भइरहेको १०८ मिटर लामो भाग स्टिल केबल भाँचिएर खसेको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनापछि ८०६ जना उद्धारकर्मी, ९१ वटा सवारी साधन, २७ डुङ्गा, एक हेलिकोप्टर र पाँचवटा रोबोटको सहयोगमा ठूलो उद्धार कार्य चलाइएको थियो । दुर्घटनाको बेला करिब १६ जना कामदार पुलमा कार्यरत थिए। यो पुल निर्माण सम्पन्न भएमा यलो नदीमाथि चीनको पहिलो स्टिल ट्रस आर्च रेल पुल बन्ने थियो। तर निर्माणाधीन अवस्थामै भाँचिएपछि पुल गुणस्तर र सुरक्षा व्यवस्थामा प्रश्न उठेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भारत र चीनबीच पुनः सिधा हवाई उडान सुरु

२०८२ कार्तिक ११ गते, सोमबार

नयाँ दिल्लीमा कृत्रिम वर्षाको तयारी

२०८२ कार्तिक ९ गते, शनिबार

गोलभेडा प्रति किलो ७०० !

२०८२ कार्तिक ५ गते, मंगलवार