युएईद्वारा नेपालीलाई भिजिट भिसा दिन रोक

२०८२ भाद्र ३१ गते, मंगलवार


काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिकलाई भिजिट भिसा दिन रोक लगाएको छ । पछिल्लो केहिदिनयता भिजिट भिसा दिन रोक लगाएको हो । यूएईस्थित नेपाली राजदूतावासले औपचारिक रोक लगाएको विषयमा जानकारी नआएपछि अनौपचारिक रूपमा रोकिएको जानकारी आएको जनाएको छ । युएईले यसबारे सार्वजनिक सूचना जारी गरेको छैन । तर भिसा सेवा प्रदान गर्ने प्रदायक संस्थाहरूले दिइएको आवेदन लिन छाडेको छ ।
भदौ २४ गतेको प्रदर्शनमा तोडफोड,आगजनी र लुटपाट गर्नेमाथि सरकारले अनुसन्धान गरी कारबाही गर्ने र जेलबाट फरार भएको खबर सार्वजनिक भएपछि युएईले भिजिट भिसाको निवेदन लिन छाडेको हो । नेपालबाट सबैभन्दा बढी भिजिट भिसा लिई जाने देश युएई हो ।
युएईको लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भिसा बन्द गरेको सूचना औपचारिक रूपमा आई नसकेको बताए । ‘भिसा बन्द गरेको सूचना नेपालीबाट पाएका छौँ । तर, औपचारिक रूपमा आइसकेको छैन । हामी यसबारे सोधखोज गर्नेछौँ,’ उनले भने ।
पछिल्लो समयमा भिजिट भिसा लिई रोजगारी खोज्न जाने नेपालीको सङ्ख्या निकै छ । युएईमा भिजिट भिसामार्फत रोजगारी भिसामा परिवर्तन गर्ने नेपालीको सङ्ख्या तीन लाख रहेको नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]