भारत–चीनबीच पुन: सीधा हवाई सेवा सुरु हुँदै

२०८२ आश्विन १७ गते, शुक्रबार

काठमाडौँ । भारत र चीनबीच पाँच वर्षपछि पुन: हवाई सेवा सुरु हुँदैछ । दुई देशबीच यही अक्टोबर महिनाको अन्त्यसम्म सिधा हवाई सेवा सुरु गर्ने सहमति भएको छ ।
दुबै देशका नागरिक उड्डयन प्राधिकरणबीच लामो समयदेखि भएको छलफलपछि एकअर्का देशमा सीधा हवाई उडान सञ्चालन गर्ने सहमति भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
सीधा हवाई सेवा पुन: सञ्चालनले दुवै मुलुकबीच व्यापार, पर्यटन र रणनीतिक व्यावसायिक साझेदारीलाई सशक्त बनाउने अपेक्षा गरिएको छ ।
भारत र चीनबीच पहिले हुँदै आएका हवाई उडान कोभिड महामारीपछि कटौति भएका थिए । त्यसबीचमा सन् २०२० मा दुई देशका सेनाबीच सीमा क्षेत्र ग्वालनमा झडपपछि कूटनीतिक र सुरक्षा सम्बन्ध तनावपूर्ण भएको थियो । त्यसले गर्दा हवाई उडान सुरु गर्ने प्रक्रिया ढिला भएको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]