भारतीय प्रधानन्यायाधीश गवईमाथि जुत्ता प्रहार

काठमाडौँ । भारतका प्रधानन्यायाधीश बी.आर. गवईमाथि गवईमाथि जुत्ता प्रहार भएको छ । ७१ बर्षिय अधिवक्ता राकेश किशोरले कारबाहीका क्रममा आफ्नो जुत्ता निकालेर गवईतर्फ फ्याँकेको बार एन्ड बेन्चले जनाएको छ । दिल्ली प्रहरीले उनलाई नियन्त्रण लिएर अनुसन्धान सुरु गरेको छ । दिल्ली प्रहरीले दिएको जानकारीअनुसार उक्त घटना बिहान करिब ११:३५ बजे सर्वोच्च अदालतको कोठा नं. १ मा भएको हो। मयुर विहार क्षेत्रका बासिन्दा उनी सर्वोच्च अदालत बार एसोसिएसनका सदस्य पनि रहेको बेन्चले उल्लेख गरेको छ।
प्रधानन्यायाधीश गवईले हालै मध्य प्रदेशको खजुराहो मन्दिर परिसरभित्रको भगवान् विष्णुको मूर्ति पुन:स्थापनासम्बन्धी मुद्दाको सुनुवाइ गरेका थिए । सोही फैसलाको असन्तुष्ट रहँदै अधिवक्ता किशोरले जुत्ता प्रहार गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
आफूमाथि जुत्ता प्रहार गर्दा पनि प्रधानन्यायाधीश गवई भने शान्त देखिएका थिए । उनले अदालतमा रहेका वकिलहरूलाई बहस जारी राख्न आग्रह गरे। उनले यसबाट विचलित नभएको भन्दै आफूलाई कुनै फरक नपर्ने टिप्पणी गरे । उनले सनातन धर्मको अपमान हिन्दुस्तानले नसहने टिप्पणी गरेका थिए । गवईले न्यायाधीश के. विनोद चन्द्रनसँगको इजलासमा १६ सेप्टेम्बरमा खजुराहो मन्दिर परिसरको जवारी मन्दिरमा रहेको ७ फिट अग्लो भगवान् विष्णुको भग्न मूर्ति पुनर्निर्माणको मागसहित दायर याचिका खारेज गरेका थिए।