हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो नियन्त्रण

२०८२ कार्तिक ३ गते, आईतवार


काठमाडौँ । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो नियन्त्रणमा लिएपछि हवाई सेवा पुन: सुरु भएको छ । सरकारले आगलागीको घटनाको छानबिनका लागि सात सदस्यीय समिति गठन गरेको छ ।
स्थानीय समय अनुसार शनिबार दिउँसो २:१५ बजे हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो क्षेत्रमा आगलागी भएको थियो । आगलागीमा मानवीय क्षति भएको छैन । हवाईजहाजहरु पनि सुरक्षित छन् ।
दमकलको सहयोगमा शनिबार राति ९ बजे आगो नियन्त्रणमा लिइएको थियो । त्यतिबेलैदेखि हवाई सेवा सुरु भएको हो । आगलागीको कारण पत्ता लगाउन छानबिन सुरु गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु