गोलभेडा प्रति किलो ७०० !

काठमाडौँ । गोलभेडाको मूल्य प्रति किलो ७०० सम्म पुगेको छ सुन्दा अचम्म लाग्न सक्छ । यो सत्य हो पाकिस्तानका विभिन्न सहरहरूमा टमाटरको मूल्य प्रति किलो ५०० देखि ७०० सम्म पुगेको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् ।
कराँची र इस्लामाबादका तरकारी बजारहरूमा आइतबार राति गोलभेडाको थोक मूल्य प्रति किलो ५५० थियो भने इस्लामाबादमा प्रति किलोग्राम ५०० थियो । कराँची र इस्लामाबादका खुद्रा बजारहरूमा गोलभेँडाको मूल्य प्रति किलोग्राम ६०० देखि ७०० पुगेको छ ।
व्यापारीहरू गोलभेडाको मूल्य बढ्नुमा अफगानिस्तान र इरानबाट आपूर्ति अवरोध, वर्षा र बाढीका कारण बालीमा क्षति र बलुचिस्तानमा खेतीमा कमी जस्ता कारण रहेको बत्ताउँछन् ।
उनीहरूका अनुसार पन्जाबमा आएको बाढीले अन्य तरकारीको मूल्य पनि बढाएको छ र हाल यी मूल्यहरूमा कमी आउने सम्भावना कम रहेको बताइएको छ ।