भारतबाट १६ बालबालिकाको उद्धार

२०८२ कार्तिक १५ गते, शुक्रबार

काठमाडौँ । भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ संस्थाले भारतका विभिन्न ठाउँबाट १६ बालबालिकाको उद्धार गरेको छ। सो संस्थाले
उनीहरूलाई उद्धार गरी आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको हो । मधेश प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र बिहार राज्यका विभिन्न ठाउँ पुर्‍याइएका ती बालबालिकालाई संस्थाले उद्धार गरेर मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा उनीहरूका अभिभावकको जिम्मा लगाएको हो।
उद्धार गरिएकामा महोत्तरी, धनुषा, सिरहा, रौतहट र सप्तरी जिल्लाका रहेका छन्। उनीहरूको उमेर ९ देखि २२ वर्षसम्मको रहेको राष्ट्रिय बालअधिकार परिषद् मधेश प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले जानकारी दिए।
यस्तै दुई बालिकालाई पनि ‘किन इन्डिया’ले भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर बालकल्याण समिति तथा बालबालिका खोज उद्धार केन्द्र जनकपुरधाममार्फत अभिभावकको जिम्मा लगाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भारत र चीनबीच पुनः सिधा हवाई उडान सुरु

२०८२ कार्तिक ११ गते, सोमबार

नयाँ दिल्लीमा कृत्रिम वर्षाको तयारी

२०८२ कार्तिक ९ गते, शनिबार

गोलभेडा प्रति किलो ७०० !

२०८२ कार्तिक ५ गते, मंगलवार