चीनको औद्योगिक उत्पादन ४.९ प्रतिशतले वृद्धि
काठमाडौँ । चीनको आधिकारिक तथ्याङ्कअनुसार औद्योगिक उत्पादन अक्टोबरमा वार्षिक आधारमा ४.९ प्रतिशतले बढेको छ । यस वर्षको पहिलो १० महिनामा, चीनको औद्योगिक उत्पादन गत वर्षको उही अवधिसँग तुलना गर्दा ६.१ प्रतिशतले वृद्धि भएको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जनाएको छ ।
औद्योगिक उत्पादन ठूलो उद्यमहरूको गतिविधि मापन गर्न प्रयोग गरिन्छ, जसको वार्षिक मुख्य व्यापार कारोबार कम्तीमा २० करोड युआन (करिब २.८ करोड अमेरिकी डलर) हुनुपर्छ ।
तथ्याङ्कको विवरण अनुसार, गत महिनामा निर्माण क्षेत्रको मूल्य–संवृद्ध उत्पादन ४.९ प्रतिशतले वृद्धि भएको छ भने खानी क्षेत्र ४.५ प्रतिशतले बढेको छ । बिजुली, ग्यास र पानी उत्पादन तथा आपूर्ति क्षेत्रको मूल्य–संवृद्ध उत्पादन ५.४ प्रतिशतले बढेको छ ।- रासस
