ग्रिसमा ४४ जना नेपालीलाई बन्धक बनाउने पाकिस्तानी पक्राउ

२०८२ मंसिर २० गते, शुक्रबार


काठमाडौँ । नेपाली युवाहरुलाई ग्रिस लगेर सम्झौता विपरितको काम लगाउने पाकिस्तानी पक्राउ परेका छन् । ‘ड्यानी’ भनेर चिनिने २६ वर्षीय पाकिस्तानी नागरिकले अनलाइनमार्फत ४४ जना नेपाली युवालाई फेला पारी आकर्षक तलब, आवास व्यवस्था र कानुनी कागजात उपलब्ध गराउने भनेर ग्रिस पठाएका थिए । उनले ग्रीसमा राम्रो तलब र कानुनी रूपमा सुन्तला खेतीमा काम गर्ने आश्वसन दिएका थिए । तर ग्रिस पुगेका नेपाली युवालाई गोदाममा जबरजस्ती काममा लगाएपछि उनीहरुले गत महिना नोभेम्बर २६ को दिउँसो मानव बेचबिखनविरुद्धको हटलाइन ११०९ मा सम्पर्क गरेका थिए । यही सूचनाका आधारमा आइटोलिकोस र मेसोलोङ्घीका प्रहरी अधिकारीहरूले खोजतलाश गर्दा उनीहरूलाई गोदाममै फेला पारेको हा‍े।
यसपछि उनीहरुलाई ग्रिस पु¥याउने युवालाई नियन्त्रणमा लिएको हो । करिब एक महिनाअघि नियोचोरी क्षेत्र पुगेका नेपालीहरूलाई ड्यानीले गोदाममा राखी बाहिर नजान दिने, दैनिक रूपमा ट्रक र कारमा खेतसम्म लैजाने र तलब नदिई सुन्तला टिप्न बाध्य पार्ने गरेको प्रहरीले जनाएको छ। तीन–चार जना अन्य पाकिस्तानीहरू पनि यसमा संलग्न रहेको खुलेको छ।
पाकिस्तानी तस्करहरूले नेपाली युवाहरुको यात्रा कागजात खोसेको जनाइएको छ भने ग्रीस ल्याएको भुक्तानीका नाममा प्रत्येकले १,५०० युरो तिर्नुपर्ने धम्की दिंदै मानसिक दवाव दिएको बताएका छन् । प्रहरीका अनुसार गोदाम ४४ वर्षीय ग्रीस नागरिक पनि रहेको र उनीविरुद्ध पनि मुद्दा दायर हुन लागेका जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु