बंगलादेशमा तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित
काठमाडौँ । बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेसँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ। बीएनपी पार्टीले २९९ सिटमध्ये १६५ सिट जितेको हो।
पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा एवं बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ। दुई क्षेत्रमा चुनाव लडेका रहमानले पनि दुवै सिट जितेका छन्। उनी बेलायतमा १७ वर्ष निर्वासित जीवन बिताएपछि हालै मात्र बंगलादेश फर्किएका थिए। जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११-दलीय गठबन्धनले अहिलेसम्म ४५ सिट मात्र जितेको छ। जमात प्रमुख सिफुकर रहमानले ढाका-१५ मा विजय हासिल गरेका छन्। अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले तिन सिट जितेका छन्।
रहमान गत वर्ष डिसेम्बरमा १७ वर्षपछि स्वदेश फर्किएका थिए। सन् १९९१ देखि २०२४ सम्म आलोपालो सत्ता चलाइरहेका तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत पलायन र पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनपछि बंगलादेशमा पहिलोपटक संसदीय चुनाव भएको हो। जुन निर्वाचनले बंगलादेशलाई ३५ वर्षपछि नयाँ प्रधानमन्त्री दिलाउँदै छ।
