अर्थ

पाँच सुरुङ मार्ग बनाउन अध्ययन

काठमाडौं, १५ मंसिर । सरकारले पाँच नयाँ सुरुङ मार्ग निर्माणको अध्ययन सुरु गरेको छ । भौगोलिक बनावटको कारण लामो यात्रालाई छोट्याएर सवारी गुडाउन सुरुङ मार्ग निर्माण गर्ने प्रक्रिया सुरु गरेको हो । दुईवटा सुरुङ मार्ग निर्माण गर्न प्रारम्भिक अध्ययन सुरु गरिएको सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले बताए । ‘नौबिसे–नागढुंगा सुरुङ मार्गको काम अघि बढेको छ,’ […]

२०७४ मंसिर १५ गते, शुक्रबार

कपडा पसलमा आगलागी , पचास लाखभन्दा बढीको क्षति

काठमाडौं ,१४ मंसिर । राजधानीको गौशालाको एक कपडा पसलमा आगलागी भएको छ । आगलागीबाट पसलमा रहेको लाखाैं रुपैयाँको कपडा जलेर नस्ट भएको छ । गौशालाको पिंगलास्थानतर्फ जाने सडकको दायाँपट्टि रहेको ओयो होटल एण्ड ट्रभल्स इनको ग्राउण्ड सटरमा रहेको एक कपडा पसलमा आगलागी भएको हो । आगलागीबाट पचास लाख बराबर रुपैयाँ तयारी कपडा जलेर नस्ट भएको […]

२०७४ मंसिर १४ गते, बिहीबार

एटीएमबाट पैसा चोर्ने सबैजसो विदेशी

काठमाडौं, १४ मंसिर । एटीएमबाट पैसा चोरी गर्नेमा अधिकांश विदेशी नागरिक भेटिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गरिरहेको अनुसन्धानमा यस्तो तथ्य फेला परेको हो । पछिल्ला ४ वर्षयता नेपालमा एटीएमबाट पैसा चोरीका तीन दर्जनभन्दा बढी घटना भएका छन् । करिब दुई दर्जन घटना सीआइबीले अनुसन्धान गरिरहेको छ । तीमध्ये करिब ८५ प्रतिशत घटनामा […]

२०७४ मंसिर १४ गते, बिहीबार

एकैदिन १,९१५ चालक कारवाहीमा

काठमाडौं, १२ मंसिर । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार सवारी नियम उल्लंघन गर्ने १,९१५ चालकलाई कारवाही गरिएको छ । ती सबैलाई सवारी नियमसम्बन्धी विभिन्न कसुरमा दोषी पाइएपछि कारवाही गरिएको हो । महाशाखाका प्रहरी निरीक्षक दामोदर सिलवालका अनुसार मापसे गरी सवारी साधन चलाउने ७६ जनासहित कुल १,९१५ जना चालकलाई कारवाही गरिएको हो । ट्राफिक प्रहरीले […]

२०७४ मंसिर १२ गते, मंगलवार

देशैभर चिसो बढ्दै

काठमाडौं, १२ मंसिर । देशैभर चिसो बढ्न थालेको छ । सोमबारको तुलनामा न्यूनतम तापक्रममा केही कमी आएको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद समिर श्रेष्ठका अनुसार सोमबार राजधानीको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस रहेकोमा मंगलबार ७ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार राजधानीको अधिकतम तापक्रम २३ डिग्री सेल्सियससम्म […]

२०७४ मंसिर १२ गते, मंगलवार

बीसबर्षे सार्बजनिक सवारीमा प्रतिबन्ध

काठमाडौं, १० मंसिर । सरकारले आगामी चैत १ देखि देशैभर बीसबर्षे पुराना सार्बजनिक (काले प्लेट)सवारी प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । त्यसका लागि यातायात व्यवस्था विभागले सम्पूर्ण तयारी गरिसकेको छ । बीसबर्षे पुरानो सवारी कति प्रयोगमा छन् भनेर अहिले दशभरबाट लगत संकलनको काम भइरहेको विभागका प्रबक्ता टोकराज पाण्डेले जानकारी दिए । विभागले २०७३ फागुनदेखि काठमाडौं […]

२०७४ मंसिर १० गते, आईतवार

शिबम सिमेन्टका प्रबन्ध निर्देशक पक्राउ

काठमाडौं, ८ मंसिर । शिबम सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारु पक्राउ परेकाछन् । शिबमले सञ्चालन गर्दै आएको साविकको सुकौरा गाविस वडा नम्बर ६ को चपकी खानी र ठिंगन गाविसको वडा नम्बर ९ मा रहेको चुनढुङ्गा खानी अबैध रुपमा उत्खनन् गरेको भन्दै उद्योगका प्रमुख मारुलाई पक्राउ गरिएको हो । जिल्ला वन कार्यालय मकवानपुरले स्वीकृति लिएभन्दा बढी […]

२०७४ मंसिर ८ गते, शुक्रबार

बढी भाडा असुल्ने सवारी साधनलाई जरिवाना

काठमाडौं, ८ मंसिर । उपत्यकामा तोकिएको भाडाभन्दा धेरै असुल्ने सार्वजनिक सवारी चालकलाई सरकारले ठाउँको ठाउँ कारवाही गर्न थालेको छ । आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत कात्तिक महिनाभरि तोकिएभन्दा बढी भाडा असुलेका सवारी चालकबाट साढे १२ लाख रुपैयाँ जरिवाना उठाएको छ । विभागले कारवाहीमा परेका प्रत्येकसँग ५ हजारका दरले जरिवाना […]

२०७४ मंसिर ८ गते, शुक्रबार

अख्तियारद्वारा इटहरी उपमहानगरको कागजत जफत

काठमाडौं, ७ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरिदमा रु ६० लाखभन्दा बढी भ्रष्टाचार भएको घटनामा खरिदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ । चालु आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक ७ गतेसम्म उक्त उपमहानगरपालिकाको जिन्सी शाखाले व्यापारीसँगको मिलेमतोमा कागजात मिलाइ खरिद गरेको रु ९७ लाखको सिएफएल र त्यसको सेटमा […]

२०७४ मंसिर ७ गते, बिहीबार

प्रहरी निरिक्षक घुससहित पक्राउ

काठमाडौं , ५ मंसिर । प्रहरी निरिक्षक हरिहर सुनार घुस लिँदै गर्दा पक्राउ परेका छन् । गोंगबु प्रहरी प्रभागमा कार्यरत प्रहरी निरिक्षक सुनारलाई ५० हजार रुपैयाँ घुस लिँदै गर्दा गोंगबुको एक होटलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सुनारलाई नियन्त्रण लिएर अायोगले थप अनुसन्धन गरिरहेको छ ।

२०७४ मंसिर ६ गते, बुधबार