अर्थ

वनका सुराकीलाई तीस प्रतिशत प्रोत्साहन भत्ता

काठमाडौँ । वन तथा भू–संरक्षण मन्त्रालयले वन पैदावार चोरी निकासी नियन्त्रणमा स्थानीय जनता र सङ्घसंस्थाको सहयोग लिन सुराकी भत्ताका साथै कर्मचारीलाई प्रोत्साहनको व्यवस्था गर्ने तयारी गरेको छ । मन्त्रालयले वन ऐनविपरीत कसुर हुन लागेको सुराक दिने वा अपराधी पक्राउ गर्न सहयोग गर्नेलाई कसुरदारलाई हुने जरिवानाको ३० प्रतिशत पुरस्कारस्वरुप दिने भएको छ । हालको वन ऐन, […]

२०७२ श्रावण ९ गते, शनिबार

ट्राफिकको कारबाहीबाट चौध करोड राजस्व सङ्कलन

काठमाडौँ, ८ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७१÷७२ मा रु १४ करोड ६९ लाख ८६ हजार ६६० राजस्व सङ्कलन गरेको छ । आव २०७१÷७२ मा मादक पदार्थ सेवन, निषेधित क्षेत्रमा गरेको पार्किङ, सवारी इजाजतपत्रलगायतका क्षेत्रबाट सो राजस्व उठाइएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक पोषराज पोखरेलले गत आवमा पाँच लाख […]

२०७२ श्रावण ८ गते, शुक्रबार

मुल्यवृद्धि ८.५ प्रतिशतमा सिमित गर्ने लक्ष्य

काठमाडौँ, ७ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आव २०७२÷७३ को मौद्रिक नीति सार्वजनिक गर्दै पूँजीगत आधार सुदृढ गर्ने वित्तीय क्षेत्रको विकास तथा विस्तार गर्ने नीति लिएको बताएका छन । गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन विकासका लागि वित्तीय स्थायित्व प्रवद्र्धन गर्न चुक्ता पूँजी वृद्धि गर्ने गरी चालु आर्थिक वर्षको मौद्रिक […]

२०७२ श्रावण ७ गते, बिहीबार

मौद्रिक नीति सार्वजनिक हुदै

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । भूकम्पपछिको अवस्थामा बढेको बजेटको आकारसँग तालमेल मिलाउने गरी ल्याउनुपर्ने मौद्रिक नीतिमा बुधबार राति अबेरसम्म छलफल भएको थियो । भूकम्पपछि कर्जा प्रभावमा आएको सुस्तताले बढाएको तरलताको व्यवस्थापनको अपेक्षा नीतिबाट गरिएको छ । डाक्टर चिरञ्जीवी नेपाल गभर्नरमा नियुक्त भएपछि राष्ट्र बैंकले पहिलो […]

२०७२ श्रावण ७ गते, बिहीबार

सुन तोलाको ४८ हजार

काठमाडौं ,६ साउन । सुनको भाउ चार वर्ष यताकै कम मूल्यमा झरेको छ । आज सुनको भाउ तोलामा १५ सय रुपैयाँ घटेर ४८ हजारमा झरेको छ । आइतबार सुन तोलाको ४९ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । यसअघि २०६८ साउन २३ गते सुन ४७ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । त्यसयता […]

२०७२ श्रावण ६ गते, बुधबार

जलविद्युतमा २ अर्ब रूपैयाँ बराबरको साधारणा सेयर निष्काशन हुदै

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी, सिनर्जी पावर कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी र म्याग्दी ग्रुप पावर लिमिटेडले निकट भविष्यमै सवा २ अर्ब रूपैयाँ बराबरको साधारणा सेयर निष्काशन गर्ने भएका छन् । ति कम्पनीहरुले सेयर निष्काशन अनुमतिका लागि नियामक नेपाल धितोपत्र बोर्डमा अावेदन दिएका छन् । जलविद्युत लगानी तथा विकास कम्पनीले मात्रै २ अर्व रुपैंयाको […]

२०७२ श्रावण ६ गते, बुधबार

प्लास्टिक झोला निषेधमा कडाइ गरिँदै

काठमाडौँ, ४ साउन । काठमाडौँ उपत्यकामा प्लास्टिक झोला निषेध गर्ने सरकारको निर्णयलाई साउनबाट कडाइका साथ लागू गर्न सुरु गरिएको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले जनाएको छ । वैशाख १ गतेदेखि उपत्यकामा प्लास्टिक झोला निषेध गरी उत्पादन र बिक्री वितरण गर्नेलाई अनुगमन गरेर कारबाही गर्ने निर्णय गरेकामा १२ गतेको भूकम्पपछि रोकिएकाले फेरि काम सुरु गरिएको मन्त्रालयले […]

२०७२ श्रावण ४ गते, सोमबार

फलेवास–रानीपानी खण्ड अवरुद्ध

काठमाडौँ , ३ साउन । निरन्तरको वर्षाका कारण जिल्लाको दक्षिणमा पर्ने रानीपानीलाई जोड्ने कालीगण्डकी लोकमार्गको फलेवासदेखि रानीपानीसम्मको सडकखण्ड अवरुद्ध भएको छ । वर्षाले सडक हिलाम्मे हुनाका साथै ठाउँ ठाउँमा पहिरो खसेको छ । यातयात अवरुद्ध भएपछिसदरमुकाम दैनिक जाने आउने यात्रु अलपत्र परेका छन् । वर्षाअघि कुश्मादेखि फलेवास, पाङ्ग्राङ, बराचौर हुँदै रानीपानीसम्म नियमित बस सेवा सञ्चालन […]

२०७२ श्रावण ३ गते, आईतवार

सुनको भाउ ५० हजारभन्दा कम

काठमाडौं, १ साउन । सुनको भाउ सस्तिएर तोलाको ४९ हजार ५ सय रुपैंयामा झरेको छ । केही दिन यता लगातार घटेको सुनको भाउमा आज ७ सय रुपैयाँ घटेर तोलाको ४९ हजार ५ सय रुपैंयामा किनबेच भैरहेको छ । २०७१ सालको चैतमा सुनको भाउ तोलामा ४९ हजार ८ सय ५० रुपैयाँमा किनबेच भएको थियो । नयाँ […]

२०७२ श्रावण १ गते, शुक्रबार

अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं, ३१ असार । बैदेशीक रोजगार ब्यावसायीहरुको आन्दोलनको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय उडानमा पर्न थालेको छ । फ्रि भिसा र टिकटमा मात्रै खाडीका मुलुकमा कामदार पठाउने सरकारी निर्णयको बिरुद्धमा उत्रिएका ब्यावसायीका कारण ति मुलुकहरुमा जाने यात्रु घटेसँगै अन्तर्राष्ट्रिय उडान तालीका प्रभावित हुँदै आएको छ । बुधबार अन्तर्राष्ट्रिय तर्फ कुल ५६ वटा उडान भएकोमा बिहीबार अझ घटेर […]

२०७२ असार ३१ गते, बिहीबार