अर्थ

एक्यापको म्याद पाँच वर्ष थप

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको समयअवधि पाँच वर्षका लागि थप भएको छ । पश्चिमाञ्चलका पाँच जिल्लाका ५७ वटा गाउँ विकास समितिलाई समेटिएको विश्वप्रसिद्ध पर्यटकीयस्थल अन्नपूर्ण संरक्षण क्षेत्रलाई फेरि संरक्षित गर्न सरकारले पाँच वर्षका लागि म्याद थप गरेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत सन् १९९२ देखि सञ्चालित […]

२०७१ माघ १२ गते, सोमबार

नेशनल ट्रेडिङमार्फत ग्यास विक्री वितरण गरिदै

काठमाडौं । सरकारले काठमाडौंका उपभोक्तालाई लक्षित गर्दै आइतबारदेखि नेशनल ट्रेडिङमार्फत ग्यास विक्री वितरण गर्न लागेको छ । बजारमा ग्यासको आपूर्ति सहज नभएको गुनासो आएपछि आइतबार दिउँसो १ बजेदेखि ट्रेडिङको प्राङ्गण टेकुबाट विभिन्न कम्पनीको ग्यास विक्री हुने आयल निगमले जनाएको छ ।विभिन्न २४ ग्यास उद्योगबाट उत्पादित ग्यास विक्री गर्ने निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले जानकारी […]

२०७१ माघ ११ गते, आईतवार

दैनिक डेढ हजार युवा रोजगारीका लागि बिदेशिदै

काठमाडौं । रोजगारीका लागि दैनिक १,५०८ युवा बिदेसिने गरेका छन् । श्रम बजारमा बर्र्सेनि थप श्रमशक्ति वृद्धिको अनुपातमा रोजगार अवसर सिर्जना कम हुँदा युवाहरू बिदेसिन बाध्य भएका हुन् ।चालू आवका ६ महिनामै २ लाख ७१ हजार युवा बाहिरिएका छन् । यो तथ्यांकका आधारमा दैनिक १,५०८ युवा बाहिरिने गरेको देखिन्छ । गत आवका सुरुवाती ६ महिनाभन्दा […]

२०७१ माघ १० गते, शनिबार

राष्ट्रिय औद्योगिक प्रर्दशनी फागुन ६ देखि

काठमाडौ । आगामी फागुन ६ गतेदेखि राष्ट्रिय औद्योगिक प्रर्दशनी हुने भएको छ । “Made in Nepal मा गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ” भन्ने मूल सन्देशका साथ आयोजना हुन लागेको सो प्रर्दशनीमा ७५ जिल्लाबाट दुई उद्यमीका दरले सहभागिता जनाउने छन् । सो प्रर्दशनीमा दुई सयभन्दा बढि स्टल रहने आयोजक संस्था घरेलु विकास समितिले जानकारी दिएको […]

२०७१ माघ ९ गते, शुक्रबार

सिभिल अपार्टमेन्टले सर्वसाधारणलाइ बिचल्ली बनायो

काठमाडौ, ६ माघ । राजधानीको सुन्धारामा अवैध तरिकाले निर्माण भइरहेको सिभिल लक्जली अपार्टमेन्टमा सर्वसाधारणको करोडौं रुपैयाँ फस्नपुगेको हो ।जमिन र भवनको एरिया रेसिया नै नमिलाई निर्माण गरिएकाले भत्काउनुपर्ने सिफारिस गरिएको उक्त अपार्टमेन्टको अग्रिम बुकिङवापत सयौं सर्वसाधारणबाट करोडौं रुपैयाँ असुली गरिसकिएको छ । उक्त अपार्टमेन्ट निर्माता सिभिल हाउजिङले हालसम्म उठाएको रकमको विवरण सार्वजनिक गरेको छैन । […]

२०७१ माघ ६ गते, मंगलवार

धुलिखेल–सिन्धुली–बर्दिबास सडकको निर्माण सम्पन्न

काठमाडौं , ५ माघ । अब राजधानी काठमाडौंबाट चार घन्टाको यात्रामा पूर्वी तराई पुग्न सकिने भएको छ ।धुलिखेल–सिन्धुली–बर्दिबास सडकको निर्माण्कार्य सम्पन्न भइ सो सडकमा सवारी–साधनहरु समेत सन्चालन हुन थालेपछि काठमाडौं र पूर्वी तराईको यात्राको दुरी घटेको छ । अब काभ्रेको धुलिखेलबाट सिन्धुलीमाडी हुँदै महोत्तरीको बर्दिबास १ सय ५८ किलोमिटरको दुरी पार गरी ४ घन्टामै पुग्न […]

२०७१ माघ ५ गते, सोमबार

पेट्रोलियम पदार्थको भाउ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। निगमले पेट्रोल, डिजल र मट्टितेलमा २/२ रुपैयाँ घटाएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए। समायोजित मुल्यअनुसार पेट्रोलको मुल्य १ सय ११ रुपैयाँ ५० पैसा पुगेको छ। त्यसैगरी, डिजल र मट्टितलको मुल्य ८८ रुपैयाँ निर्धारण गरेको प्रवक्ता घिमिरेले जानकारी दिए।

२०७१ माघ ४ गते, आईतवार

माथिल्लो हुग्दी जलविद्युतको उत्पादन फागुनदेखि

काठमाडौं । गुल्मीको माथिल्लो हुग्दी जलविद्युत् आयोजनाको व्यवसायिक उत्पादन डेढ महिनाभित्र सुरु हुने भएको छ । आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले डेढ महिनाभित्र व्यवसायिक उत्पादन सुरु हुने प्रालिले जनाएको छ । रुरु जलविद्युत् परियोजना प्रालिद्वारा प्रवर्द्धित यो आयोजना नेपालमै पहिलो पटक र्सार्वजनिक-निजी-साझेदारी-सहकारी अर्थात पीपीपीसी मोडेलमा र जलविद्युत् आयोजनामध्ये सबैभन्दा धेरै एकहजार जना पर््रवर्द्धकबाट सुरु […]

२०७१ माघ ३ गते, शनिबार

मध्यपुरथिमि होडिङ्ग बोर्ड मुक्त शहर बन्दै

काठमाडौ, २ माघ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले नगरक्षेत्रलाई फागुन महिना भित्रमा होडिङ्ग बोर्ड मुक्त नगर बनाउने भएको छ । नगरलाई होडिङ्ग बोर्ड, पोष्टर, पम्पलेट, वाल पेन्टिङ्ग मुक्त नगरपालिका बनाउन लागेको नगरपालिकाका कार्यकारी अधिकृत मित्रमणि पोखरेलले बताए । नगरपालिका क्षेत्रमा जथाभावी रुपमा राखिने यसप्रकारका प्रचार सामाग्रीले नगरक्षेत्रलाई कुरुप बनाएको, मुख्य सडकको दाँया बाँया राखिने होडिङ्ग बोर्डले […]

२०७१ माघ २ गते, शुक्रबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुदै

काठमाडौं । आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य औपचारिकरुपमा सुरु हुने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले आज बिहान ११ बजे नेपालको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थलको शिलन्यास गर्ने तय भएको छ । त्यसका लागि प्रधानमन्त्री कोइराला अहिले बिहान ९ बजे भैरहवा जाने उनका पे्रस संयोजक प्रकाश अधिकारीले जानकारी दिए । अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास आज हुने भएपनि […]

२०७१ माघ १ गते, बिहीबार