अर्थ

फोहोरमैला व्यवस्थापन निजीक्षेत्रलाई

काठमाडौँ, २६ जेठ । काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिङ तामाङले महानगरभित्रको फोहोरमैलाको व्यवस्थापन गर्ने जिम्मा अब निजीक्षेत्रलाई दिने गरी तयारी गरेको बताएका छन । महानगरपालिकाले अहिलेसम्म महानगर क्षेत्रको फोहोरमैला आफैले व्यवस्थापन गर्दै आएको र यस क्रममा थुप्रै समस्या झेल्नुपरेको भन्दै यसको दीर्घकालीन समाधान गर्ने गरी फोहोर व्यवस्थापनको जिम्मा निजीक्षेत्रलाई दिने तयारी गरेकोउनको भनाइ छ । […]

२०७३ जेष्ठ २६ गते, बुधबार

चिनियाँ रेलवे लुम्बिनीसम्म विस्तार गर्ने प्रतिबद्धता

काठमाडौं ,२५ जेठ । चीनले छिङ्हाई—सिगात्से रेललाई केरुङबाट काठमाडौं, पोखरा हुँदै गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म विस्तार गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ । चीनका सेन्ट्रल मिलिटरी कमिसनका उपप्रमुख एड्माइरल सन जियाङ्गुओले उपप्रधान तथा रक्षामन्त्री भीम रावलसँग सोमबार भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको द्विपक्षीय सहमतिअनुसार चिनियाँ रेलवे लुम्बिनीसम्म विस्तार गर्ने प्रतिबद्धता जनाएका […]

२०७३ जेष्ठ २५ गते, मंगलवार

बुद्धचित्त जोगाउन रातभर बारीमै जाग्राम

काठमाडौं, २५ जेठ । काभ्रे बेल्देफेदिचे–२ का चन्द्रध्वज लामाको बारीमा बुद्धचित्तका २० वटा रुख छन् । सबैमा लटरम्म बुद्धचित्त फलेको छ । अबको दुई महिनाभित्र त्यो फल टिप्नुपर्ने हुन्छ । केही वर्षदेखि बुद्धचित्तको मूल्य आकाशिएपछि यसलाई जोगाउन उनलाई धौ धौ भएको छ । बुद्धचित्तको गेडाबाट बनेको माला बौद्ध धर्मावलम्बीले मन्त्र जप्न प्रयोग गर्दछन् । बुद्धले […]

२०७३ जेष्ठ २५ गते, मंगलवार

लोडसेडिङ घट्यो

काठमाडौं, २५ जेठ । नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङको समय घटाएको छ । यसअघि हप्तामा ७० घण्टा लोडसेडिङ हुने गरेकामा अब ६२ मात्र घण्टा विद्युत कटौती हुनेछ । प्राधिकरणका अनुसार अब हप्तामा तीन दिन ९ घण्टा, दुई दिन साढे ९ घण्टा र दुई दिन ८ घण्टा बिजुली आउने छैन । नदीमा पानीको सहत बढ्ने क्रममा […]

२०७३ जेष्ठ २५ गते, मंगलवार

दुई किलो अफिमसहित तीनजना पक्राउ

काठमाडौं, २४ जेठ । इलाका प्रहरी कार्यालय बाराले दुई किलो अवैध लागूऔषध अफिमसहित तीनजनालाई पक्राउ गरेको छ । बाराको जीतपुरबाट आइतबार समातिएकाहरुलाई सोमबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो । सार्वजनिक गरिनेमा मकवानपुर डाँडाखर्क–३ का धीरेन्द्र स्याङतान, पर्सा सखुवाका धर्मराज राउत र मकवानपुर मनहरी ज्यामिरे–७ का रामशरण गिरी छन् । प्रहरीको गस्ती टोलीले शंकास्पद […]

२०७३ जेष्ठ २४ गते, सोमबार

मेलम्चीका कर्मचारी आन्दोलित

काठमाडौं, २४ जेठ । नेपाल निर्माण सम्बद्ध श्रमिक सङ्घ नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड इन्द्रावती तेस्रो जलविद्युत् एकाइमा कार्यरत कर्मचारीले भत्ता कटौती भएको भन्दै आन्दोलनमा उत्रिएका छन्। कम्पनीको सञ्चालक समितिले आफ्नो विगत सात वर्ष अगाडिदेखि खाइपाइ आएको भत्ता गत नयाँ वर्षको वैशाखबाट कटौती गरेकोलगायत विषयमा बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन्। संशोेधित कर्मचारी विनियमावली–२०६४ मा समेत […]

२०७३ जेष्ठ २४ गते, सोमबार

वैदेशिक रोजगार बचतपत्र निष्कासन

काठमाडौँ, २४ जेठ । नेपाल राष्ट्र बैंकले कुल नौ प्रतिशत ब्याज दिनेगरी वैदेशिक रोजगार बचतपत्र २०७८ ‘क’ निष्कासन गरेको छ । बैंकले रु ३३ करोड ७९ लाख १५ हजार मूल्य बराबरको बचतपत्र निष्कासन गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली र गैरआवासीय नेपालीलाई लक्षित गरेको हो । बैंकका अनुसार ब्याज भुक्तानी अर्धवार्षिक रुपमा प्रदान गरिनेछ । घटीमा […]

२०७३ जेष्ठ २४ गते, सोमबार

आठ जुवाडे प्रहरीको फन्दामा

काठमाडौँ, २४ जेठ । काभ्रेपलाञ्चोक प्रहरीले जुवा खेलेको खालबाट नगद रु तीन लाख ७९ हजारसहित आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नासिकास्थान–६ का २७ वर्षीय विनोद सापकोटा, गैरीविसौना–७ बस्ने ३६ वर्षीय सागरनाथ लामिछाने, बनेपा नगरपालिका–१० निवासी ४३ वर्षीय सुरेश केसी, उग्रतारा–८ निवासी ३३ वर्षीय सुरेन्द्र थापा, भक्तपुर नपा–१२ बस्ने ७३ वर्षीय बद्री […]

२०७३ जेष्ठ २४ गते, सोमबार

पोखरा विमानस्थललाई एक अर्ब प्रदान

काठमाडौँ, २३ जेठ । सरकारले पोखरा क्षेत्रीय विमानस्थल निर्माणका लागि रु एक अर्ब ३७ करोड ८७ लाख रकम उपलब्ध गराएको छ । यस आयोजनाका लागि चिनिया पक्षबाट थप रु २१ अर्ब प्राप्त हुन बाँकी छ । गत माघ २१ गते भएको सम्झौताअनुसार सरकारले नागरिक उड्डयन प्राधिकरणलाई उक्त रकम उपलब्ध गराएको हो । चिनिया आयात निर्यात […]

२०७३ जेष्ठ २३ गते, आईतवार

२५ वर्षभित्र देशलाई संसारकै धनी बनाउँने बाबुरामको उदघोष

काठमाडौँ, २३ जेठ । डा बाबुराम भट्टराईले २५ वर्षमा नेपाललाई विश्वकै धनी देश बनाउने लक्ष्य रहेको बताएका छन् । नयाँ शक्ति नेपालको ठिमीमा औपचारिक पार्टी घोषणाका सन्दर्भमा आयोजित अन्तरक्रियामा बोल्दै बाबुरामले भने, ‘दश वर्षभित्र गरिबी र बेरोजगारी अन्त्य, १५ वर्षभित्र विकसित देश र २५ वर्षभित्र संसारकै धनी बनाउने लक्ष्य रहेको छ ।’ बाबुरामले यो सब […]

२०७३ जेष्ठ २३ गते, आईतवार