अर्थ

सामान बोकेको चिनियाँ रेल सिगात्से आइपुग्यो

काठमाडौं, ५ जेठ । नेपालका लागि सामान बोकेर चिनियाँ रेल नेपालतर्फको अन्तिम बिन्दू सिगात्से आइपुगेको छ । रेलमा पठाइएको सामान लिन नेपाली ट्रक त्यहाँ पुगेका छन् । गत बुधबार सामान बोकेर हिडेकोे ७०११ नम्बरको रेलमा पठाइएको सामान लिन नेपाली ट्रक तिब्बतको सिगात्से पुगेको चिनियाँ समाचार संस्था पिपुल्स डेलीले जनाएको छ । डेलीले चिनियाँ लरीबाट नेपाली […]

२०७३ जेष्ठ ५ गते, बुधबार

शुक्रबारदेखि ज्वेलरी एक्स्पो

काठमाडौं,५ जेठ । नेपाली गरगहनाको मौलिक एवं साँस्कृतिक पक्षबारे राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा जानकारी गराउने उद्देश्यले जेठ ७ देखि राजधानीमा जेम एन्ड ज्वेलरी एक्स्पो हुँदैछ । मेला आयोजक नेपाल हस्तकला महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् । मेलामा ५३ स्वदेशी र ६ ओटा […]

२०७३ जेष्ठ ५ गते, बुधबार

एक किलो बोकाको मासुलाई ४ हजार !

काठमाडौं, ४ जेठ । बोकाको एक किलो मासुको मूल्य कति ? रु ५००, ६०० वा ८०० । ठाउँ अनुसार फरक÷फरक मूल्य पर्ला । तर चितवनमा एक किलो मासुको मूल्य झन्डै चार हजार पर्छ भन्दा तपाई आश्चर्य मान्नुहुन्छ होला । तीन हजार ७५० मा त किनबेच नै भइसक्यो । पश्चिम चितवनको जगतपुरबाट नुवाकोटका अमृत तिवारीले एउटा […]

२०७३ जेष्ठ ४ गते, मंगलवार

रानीपोखरीमा मणिमाणिक्य भेटिने आशा

काठमाडौँ, ४ जेठ । बाल गोपालेश्वर मन्दिरको पुनर्निर्माण कार्य सुरु भएको छ । गतवर्ष भूकम्पले भत्काएको रानीपोखरीको मध्य भागमा रहेको बाल गोपालेश्वर मन्दिरको पुनर्निर्माण कार्यसँगै रानीपोखरीमा कतै हीरा तथा जवाहरात लगायतका मणिमाणिक्यका सन्दुक भेटिन्छन् कि भन्ने कौतुहलता फैलिएको छ । तत्कालीन राणाकालमा विभिन्न अभियोगका साथ देश छाडी जाने राणाले रानीपोखरीमा धनमाल फ्याँकेर गएका थिए भन्ने […]

२०७३ जेष्ठ ४ गते, मंगलवार

कर छूट सीमाको सहुलियत घोषणामै सिमित

काठमाडौँ, ३ जेठ । नेपाल सरकारले कर्मचारीलाई आयकरमा दिँदै आएको कर छुट सीमाको सहुलियतमाथि विवाद देखिएको छ । आयकर छुटको सीमा व्यक्तिका लागि दुईलाख ५० हजार र दम्पतीका लागि तीन लाख तोकिएपनि सो रकममा लगाइँदै आइएको एक प्रतिशत करका विषयमा विवाद देखिएको हो । पछिल्लो पटक अर्थमन्त्री डा रामशरण महतले आव २०७१÷७२ को बजेट प्रस्तुत […]

२०७३ जेष्ठ ३ गते, सोमबार

कोरिया भाषामा उत्तीर्ण संख्या पुनरावलोकन गर्न माग

काठमाडौं, ३ जेठ । सरकारले सातौं कोरियन भाषा परीक्षामा उत्तीर्ण संख्या पुनरावलोकन गर्न कोरियाको मानव संशाधन विकास (एचआरडी) समक्ष माग गरेको छ । ६० हजारभन्दा बढी युवा सहभागी हुने परीक्षामा ३१ सय मात्र उत्तीर्ण हुनु अव्यावहारिक भएकाले पुनरावलोकन गर्नु आवश्यक रहेको सरकारको ठहर छ । आइतबार श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्य श्रेष्ठ र […]

२०७३ जेष्ठ ३ गते, सोमबार

सुन आयात ठप्प

काठमाडौ, ३ जेठ । चालू आर्थिक वर्षको २ महिना सुन आयात नभएको बताइएको छ। २ महिना सुन आयात नभए बजारमा दैनिक सुनको कारोबार भइरहेको छ । वैधानिक माध्यमबाट सुन नभित्रिनुलाई रहस्यमय मानिएको छ । आयातकर्ता र ब्यवसायीले पहिलकै मौज्दात सुन विक्री भइरहेको दाबी गरेपनि पत्याउने आधार छैन् । फागुन १ देखि १५ सम्म १ अर्ब […]

२०७३ जेष्ठ ३ गते, सोमबार

शालिग्राम चोरी निकासी बढ्दै

काठमाडौं, २ जेठ । विश्वमै अत्यन्त दुर्लभ मानिएको बहुमूल्य धार्मिक शिला शालिग्राम चोरी सिकारीका कारण कालीगण्डकी नदीबाट लोप हुने अवस्थामा पुगेको छ । संसारभरि अन्त कतै नपाइने तर कालीगण्डकी नदीको कागबेनीदेखि रिडी ९गुल्मी० सम्मको खण्डमा मात्रै पाइने दुर्लभ शिला शालिग्राम म्याग्दीको गलेश्वरदेखि मुस्ताङको कागबेनीसम्मको भागबाट व्यापकरुपमा चोरी निकासी हुने गरेको छ । पाँच वर्षअघि म्याग्दीका […]

२०७३ जेष्ठ २ गते, आईतवार

कर्णाली राजमार्ग सुचारु

काठमाडौं, १ जेठ । यातायात व्यवसायीबीचको आपसी विवादले एक सातादेखि बन्द रहेको कर्णाली राजमार्ग आज बिहान साढे ६ बजेदेखि सञ्चालनमा आएको छ । शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले स्कटिङ गरेर यातायात सञ्चालनमा ल्याएको हो । बाटोमा कसैले सवारी साधन रोक्न खोजे कडा कारवाही गर्ने जुम्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

२०७३ जेष्ठ १ गते, शनिबार

ट्राफिक जरिवानामा नयाँ नियम लागू

काठमाडौं, १ जेठ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आजदेखि ट्राफिक जरिवानामा नयाँ नियम लागु भएको छ । नयाँ नियम अनुसार न्युनतम पाँच सयदेखि बढीमा १५ सय रुपैयाँसम्म जरिवाना तोकिएको छ । यस अघि न्युनतम ५० रुपैयाँ र बढीमा एक हजार रुपैयाँसम्म जरिवाना हुने प्राबधान थियो । यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ मा रहेको […]

२०७३ जेष्ठ १ गते, शनिबार