स्वास्थ्य / शिक्षा

छोरी हुनु त सरिता जस्तो

काठमाडौं, २ साउन । बाबुआमाको कलेजोको टुक्रा हुन् छोराछोरी, छोराछोरीको कलेजोका टुक्रा हुन् बाबुआमा भन्ने भनाइलाई काठमाडौँ महानगरपालिका–१२, लगनटोलकी २४ वर्षीया सरिता महर्जनले चरितार्थ पारेकी छन् । आइतबार मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गत असार १८ गते आफ्नै कलेजो दिएर ५७ वर्षीय बाबु हीराकाजी महर्जनलाई बचाउने साँहिली छोरी सरिताले बाबुआमा […]

२०७४ श्रावण २ गते, सोमबार

शुल्क वृद्धिको विरोधमा अनशन

काठमाडौं, १ साउन । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेको विरोधमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस तीनकुनेका दुईवटा विद्यार्थी संगठन आन्दोलित भएका छन् । नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीका विद्यार्थीले विद्यार्थीसँग कुनै छलफल नै नगरी विद्यार्थीका ढाड सेक्ने गरी बढाएको शुल्क अविलम्ब फिर्ता लिन माग राख्दै आमरण अनशनमा बसेका हुन […]

२०७४ श्रावण १ गते, आईतवार

युनिभर्सल मेडिकलल कलेजको सम्बन्धन खारेज गर्न माग

काठमाडौँ, ३१ असार । चिकित्सा क्षेत्रसंग आवद्ध विभिन्न दशवटा सस्थाले युनिभर्सल मेडिकलल कलेजको सम्बन्धन खारेज गर्न सरकारसंग माग गरेका छन् । योग्यताक्रम र लब्धाङ्क (मेरिट)का आधारमा भर्ना गर्न विसं २०७४ असार २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले दिएको निर्देशनलाई अवज्ञा गरी कलेजले भर्ना कार्य अगाडि बढाएको तथा विद्यार्थीलाई शीर्षक नखुलाई विभिन्न शीर्षकमा शुल्क लिने कागजमा समेत […]

२०७४ असार ३१ गते, शनिबार

उपत्यकाको खानेपानी अत्यन्त प्रदुषित

काठमाडौ, ३१ असार । पानीबाट फैलने रोग ८० प्रतिशत हुन्छ भन्ने विषयमा सरकार अनभिज्ञ छैन । तर पनि उपत्यकामा खानेपानी बिक्रेताले गर्दै आएको लापरबाहीलाई रोक्न सरकारले खासै ठोस कदम चालेको छैन। सरकारकै कमजोरीको फाइदा उठाउँदै व्यापारीले उपभोक्ताको स्वास्थ्यमा गरेको खेलबाडका कारण वर्षेनि हजारौंको संख्यामा मानिस झाडापखाला, आउँ, टाइफाइड, जन्डिस, निमोनियाजस्ता थुप्रै रोगको शिकार बन्दै छन्। […]

२०७४ असार ३१ गते, शनिबार

भरतपुर अस्पतालमा ३२ प्रकारका अत्याधुनिक उपकरण

काठमाडौ, २८ असार । भरतपुर अस्पतालमा करिब रु ३० करोड मूल्य बराबरका ३२ प्रकारका अत्याधुनिक उपकरण थप गरिएको छ । उपकरण थप भएपछि कतिपय थप सेवा सुरु हुने भएको छ भने कतिपय सेवा विस्तार गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीकाअनुसार धेरैजसो उपकरण आइसकेका छन् भने केही उपकरण आउने क्रममा छन् । अस्पतालको […]

२०७४ असार २८ गते, बुधबार

अनुगमनपछि एकदर्जन औषधि पसल बन्द

काठमाडौं, २८ असार । औषधि व्यवस्था विभाग, विराटनगर कार्यालयले सप्तरीको राजविराज र रुपनीमा रहेका औषधि पसलमा मङ्गलबार अनुगमन गरेको छ । सो अनुगमनका क्रममा अधिकांश औषधि व्यवसायीले बिनादर्ता औषधि व्यवसाय सञ्चालन गरेको, जसको नाममा दर्ता भएको हो सो औषधि पसलवाला व्यक्ति अनुपस्थित रहेको पाइएकाले यहाँका एक दर्जन औषधि पसललाई बन्द गराइएको औषधि व्यवस्था विभागको कार्यालय […]

२०७४ असार २८ गते, बुधबार

एचआईभीको उपचार सम्भव

काठमाण्डौ , २७ असार । अमेरिकामा मुसामा गरिएको सफल परिक्षण पछि संक्रमित मानिसमा एचआईभीको उपचार सम्भव भएको एक अध्ययनले जनाएको छ । हालै सम्पन्न एक अनुसन्धानपछि अमेरिकी वैज्ञानिकहरुको टोलीले क्रिस्पर जीन-सम्पादन प्रविधिमार्फत विना संक्रमण मानिसको कोषिकाबाट एचआईभीको संक्रमण पूर्णतया हटाउन सकिने निर्क्यौल निकालेको छ । व्याक्टेरियामा पाइने डिएनएलाई सही तरीकाले सम्पादन गर्न सकिने क्रिस्पर क्यास […]

२०७४ असार २७ गते, मंगलवार

अखिल(क्रान्तिकारी)का अध्यक्षसहित एक दर्जन गिरफ्तार

काठमाडौं, २७ असार । नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण आज बिहानबाटै देशैभरको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण शिक्षण संस्था सन्चालन हुन नसक्दा पठन पाठन प्रभावित बनेको छ भने यातायातका साधनहरु पनि कम मात्रमा चलेका छन् । बन्दमा कुनै अप्रिय घटना हुन नदिन उपत्यकाको चोक चोकमा बिहानैबाट सुरक्षाकर्मी परिचालन गरिएको छ […]

२०७४ असार २७ गते, मंगलवार

१६ दिनदेखि डोल्पामै थन्किए कक्षा–११ का उत्तरपुस्तिका

काठमाडौं, २६ असार । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा–११ को उत्तरपुस्तिका १६ दिनदेखि डोल्पामै थन्किएको छ । यहाँका आदर्श उमावि जुफाल र सरस्वती उमावि दुनै सेन्टरमा लिइएको परीक्षाका उत्तरपुस्तिका जिल्लामै थन्किएका छन् । क्षेत्रीय परीक्षा बोर्डको कार्यालय कोहोलपुरमा उत्तरपुस्तिका परीक्षणका लागि लैजानुपर्नेमा डोल्पामा यातायातको कुनैपनि साधन नभएपछि जिल्लामै थन्किएको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ […]

२०७४ असार २६ गते, सोमबार

७० प्रतिशत विशेषज्ञ चिकित्सक फेल

काठमाडौं, २६ असार । नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा करिव ७० प्रतिशत डाक्टर फेल भएका छन् । चिकित्सा शिक्षामा आधारभूत शैक्षिक कार्यक्रम पूरा गरी एमडी÷एमएस÷एमडिएसको विषयमा तीन वर्षे विशेषज्ञता हासिल गरेका २ सय ३७ मध्ये करिव ७० प्रतिशतले आफ्नो क्षमता सिद्ध गर्न सकेनन् । अघिल्लो पटक काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा करिब […]

२०७४ असार २६ गते, सोमबार