स्वास्थ्य / शिक्षा

अखिल क्रान्तीकारी देवी माबि कमिटि गठन

काठमाडौं, ८ मंसिर । झापा बिर्तामोडस्थित देवी माबिमा अखिल (क्रान्तिकारी ) को ३५ सदस्यीय कमिटि गठन गरिएको छ । नवगठित कार्यसमितिको अध्यक्ष बासुदेव पोख्रेल , उपाध्यक्षमा बद्रि पौडेल , सचिबमा प्रमिला बोगटी , सहसचिबमा तिलरुपा अधिकारी र कोषाध्यक्षमा लक्ष्मीप्रसाद राजबंसी चयन भएका छन भने सदस्यहरुमा रिचा सापकोटा , दिपंजाला कार्की ,ग्रस राई , कुसुम अधिकारी […]

२०७३ मंसिर ८ गते, बुधबार

उपचार खर्च तिर्न नसक्दा अस्पतालमा बास

काठमाडौं, ८ मंसिर । हेटौंडास्थित नापी कार्यालयमा आगलागी हुँदा घाइते भएका सर्वसाधारण उपचार खर्च तिर्न नसक्दा जिल्ला अस्पतालमा अलपत्र परेका छन् । गत कात्तिक १० गते हेटौंडा ५ स्थित नापी कार्यालयको भाडाको घरमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा २६ जना घाइते भएका थिए । तीमध्ये उपचार खर्च तिर्न नसक्दा पाँचजना घाइते हेटौंटा–११ स्थित चुरेहिल अस्पतालबाट […]

२०७३ मंसिर ८ गते, बुधबार

बर्डफ्लुको संक्रमण रोक्न सतर्कता

काठमाडौं, ७ मंसिर । बर्डफ्लुको संक्रमण फैलन नदिन पाँचथरमा सतर्कता अपनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरमा सरोकारवालाहरुबीच भएको छलफलले सतर्कता अपनाउने निर्णय गरेको हो । अब भेटनरिको प्रमाणपत्र विना चल्ला, कुखुरा, अण्डा, दानालगायत कुखुरामा प्रयोग गरिने सामग्रीहरु आन्तरिक ओसार–पसार गर्न रोक लगाइने भएको छ । जिल्लामा सञ्चालित कुखुरा फार्मको जिल्ला पशु सेवा कार्यालयले […]

२०७३ मंसिर ७ गते, मंगलवार

दुई अर्ब बचाउन अशुद्ध किताब !

काठमाडौं, ६ मंसिर । अशुद्ध र अस्वीकृत भाषालाई सच्याउने निर्णय त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान र पाठ्यक्रम विकास केन्द्रले गरे पनि त्यस्तो भाषा प्रयोग गरिएका कक्षा एकदेखि दससम्मका करिब दुई अर्ब मूल्यबराबरका पुस्तक तत्काल नफेरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रले बजेट र समय अभावका कारण देखाउँदै आगामी शैक्षिक सत्रमा अशुद्ध पाठ्यपुस्तक नै पढाउने भएको […]

२०७३ मंसिर ६ गते, सोमबार

अखिल क्रान्तीकारी दमक बहुमुखी क्याम्पस ईकाई पुनरगठन

काठमाडौं, ५ मंसिर । अखिल क्रान्तीकारी दमक बहुमुखी क्याम्पस ईकाई पुनरगठन भएको छ । पुनर्गठित ३१ सदस्यीय सो ईकाई कमिटीको अध्यक्षमा संजय राई , उपाध्यक्षमा निशान शेर्मा , योगेश योग्या , सह-सचिबमा निगत राना मगर , होम बिक र कोषाध्यक्षमा लिला गौतम रहेका छन । अखिल क्रान्तीकारीका केन्द्रिय सदस्य नबिन अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो […]

२०७३ मंसिर ५ गते, आईतवार

आज विश्व चर्पी दिवस

काठमाडौं, ४ मंसिर । आज ‘विश्व चर्पी दिवस’ । विश्वभर ‘शौचालय र काम’ नाराका साथ यस वर्ष नोभेम्बर १९(मङ्सिर४) मा ‘विश्व चर्पी दिवस’ मनाइँदैछ । विश्वमा दुई अर्ब चालिस करोड मानिस शौचालयविहीन भएको बताइएको छ । दिगो विकासको लक्ष्य २०१५ मा सन् २०३० भित्र विश्वका हरेक स्थानमा हरेक मानिसमा शौचालयको पहुँच पुर्‍याउने लक्ष्य लिइएको छ […]

२०७३ मंसिर ४ गते, शनिबार

एमबीबीएसका विदेशी छात्रवृत्ति बीचबाटै गायब

काठमाडौं, १ मंसिर। नेपाललाई विभिन्न मुलुकले पठाउने शैक्षिक छात्रवृत्ति कोटा बीचमै हराउने गरेको छ । चिकित्सा, इन्जिनियरिङलगायत विभिन्न विषयमा आउने छात्रवृत्ति कोटा बीचमै हराउँदा सरकारले मनोनयन गरेका विद्यार्थी मर्कामा पर्ने गरेका छन् । केही समयअघि इजिप्ट सरकारले नेपाललाई एमबीबीएस अध्ययनका लागि पाँचजनाको छात्रवृत्ति उपलब्ध गराएको थियो । त्यसका लागि शिक्षा मन्त्रालयले विद्यार्थीको नाम मनोनयन गरी […]

२०७३ मंसिर १ गते, बुधबार

आज विश्व मधुमेह दिवस

काठमाडौँं, २९ कात्तिक । आज विश्व मधुमेह दिवस । मधुमेहबाट हुने समस्याबाट बचौँ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । हाल विश्वभरका ३५ करोड मानिस मधुमेहबाट प्रभावित छन् भने सन् २०२५ सम्ममा यो सङ्ख्या वृद्धि भई ४० करोड पुग्ने विश्व स्वास्थ्य सङ्गठनको अनुमान छ । नेपालको सहरी क्षेत्रमा १८ देखि २० प्रतिशत र ग्रामीण क्षेत्रमा […]

२०७३ कार्तिक २९ गते, सोमबार

बर्डफ्लु देखिएपछि उच्च सतर्कता

काठमाडाैँ, २८ कात्तिक । भारतमा बर्डफ्लु देखिएसँगै यहाँका कुखुरा व्यवसायीले जैविक सुरक्षामा विशेष सतर्कता अपनाउन थालेका छन् । देशकै सबैभन्दा धेरै पोल्ट्रीजन्य उत्पादन हुने चितवनमा किसान र व्यवसायीले अपनाउँदै आएको जैविक सुरक्षामा विशेष कडाइ गर्न थालेका हुन् । सन्तुलित फिड्स प्रालिका प्रबन्ध निर्देशक त्रिलोचन कँडेलले फर्मभित्र अन्डा, दाना, चल्ला, कुखुरा बोक्ने गाडी छिर्न नदिइएको बताए […]

२०७३ कार्तिक २८ गते, आईतवार

धरानमा डेङ्गु देखियो

काठमाडौ, २६ कात्तिक । देशका विभिन्न स्थानमा डेङ्गु फैलिरहेका बेला धरान–१६ की १३ वर्षीया जीना राईमा पनि पोजिटिभ देखिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ । डेङ्गुपीडित राईको पेडियाट्रिक विभागमा उपचार भइरहेको प्रतिष्ठानको आकस्मिक सेवा विभागले जानकारी दिएको छ । डेङ्गु धरानलगायत आसपासकै क्षेत्रमा फैलनु चिन्ताको विषय बनिरहेको प्रतिष्ठानका चिकित्सकको भनाइ छ । प्रतिष्ठानको […]

२०७३ कार्तिक २६ गते, शुक्रबार