गणगौर पर्वसुरु

२०६९ चैत्र १७ गते, शनिबार

काठमाडौँ । मारवाडी समुदायका महिलाले मनाउने गणगौर -गौरा ) पर्वसुरु भएको छ । घरका पुरुषहरू रंग खेल्नमा व्यस्त रहेकै बेला होलीका दहनको खरानीमा गोबर मिसाएर शिव -गण) र पार्वती -गौरा) को १६ पिण्ड बनाएर महिलाहरू धार्मिक अनुष्ठानको तयारीमा जुट्छन् । होलीको भोलिपल्टदेखि लगातार १६ दिनसम्म शंकरपार्वती रूपी ती पिण्डको पुजा हुन्छ । अविवाहितले असल श्रीमान र विवाहितले श्रीमानको दर्ीघायु, स्वास्थ्य र कल्याणका साथै सुःखी विवाहित जीवनकालागि गणगौरलाई पुज्छन् । माता गौरीलाई सौभाग्यको प्रतिक पनि मानिन्छ । माटोले पनि शिवपार्वतीको प्रतिमा बनाउने चलन छ । यो समुदायको पनि राजपुताना घरानामा यस अवसरकै लागि बनाइएको काठको मर्ूर्तिलाई हरेक वर्षुशल कलाकारद्धारा रंग गराइन्छ । यो वास्तवमा उमंग, उत्साह र मस्तीको पर्व हो । युवतीहरू रंगीचंगी पोसाकमा बगैंचा पुगेर दुवो ल्याउँछन् । गीत गाउँदै दुबोको सहयोगले दुधको छिटा हान्दै गणगौरलाई पुज्छन् । दिनमा एक छाक खाएर उपवास बस्छन् । कडा धार्मिक अनुशासनको यो पर्वमा पुजाको लागि छुट्टयाइएको कोठामा र्सर्ूयको प्रकाश पर्न हुन्न । श्रीमानलाई समेत अन्तिम पुजाका दिन मात्र प्रवेसको अनुमति हुन्छ । होलीको अन्तिम दिन बुधबार स्नेह सम्मेलनको आयोजना गरेर होलीलाई विदा गर्न मारवाडी समुदायका पुरुषले पनि यो पर्वलाई धेरै महत्व दिन्छन् । ‘होलीको अन्तिम दिन हामी ठूलालाई ढोकेर आशीष लिन्छौं, सानालाई अंकमाल गर्र्छौं,’ युवा व्यवसायी बजरंग अग्रवाल भन्छन्,’ तर, यो गनगौरले भने पुरुषको सबभन्दा ठूलो शक्ति महिला भएको देखाउँछ, उनीहरूको उपासनाले परिवारको संरक्षण गरिराख्छ ।’ अन्तिम तीन दिन यो पर्वचरमोत्कर्षा हुन्छ । शंकरपार्वतीलाई नयाँ पोसाक लगाइन्छ । शिरमा विभिन्न पुजन सामग्री भएका कलसकासाथ जलासय किनार वा इनारमा प्रतिमाको विर्सजन गरेपछि पर्वको समापन हुन्छ । यो अवसरमा मैदा, घिउ र चीनीले बनाइने फूल झैं आकारको मिर्ठाई घेवर बाँडने चलन छ । इन्द्रधनुषी पहिरनमा सजिएका महिलाहरूद्धारा लोक नृत्य र गीतको क्रम चल्छ । ‘नवविवाहिताले विहेको पहिलो वर्षअनिवार्यरूपमा यो पर्व मनाउँछन्,’ गृहिणी चन्दा अग्रवाल भन्छिन्,’ यो अवसरमा आमाबुवाले छोरीलाई गच्छेअनुसारको लता, कपडा र मिर्ठाई दिन्छन् ।’ माइती पक्ष कमजोर भएकाले आफ्नै घरमा मनाउने गरेको उनले बताइन् । उनको अनुसार यो लगभग हिन्दु महिलाले मनाउने तीज जस्तै पर्व हो ।’ प्रतिमाको विर्सजनको अघिल्लो दिन हातखुट्टा भरि मेहन्दी लगाएर नाचगान हुन्छ,’ उनी भन्छिन् । छोरीचेलीले चन्द्र, र्सर्ूय फूल र ज्यामितिय चित्र आकारको मेहन्दीले सिंगार्छन् । यो पर्वपछि यो वर्षालागि मारवाडी महिलाको सम्पर्ूण्ा त्यौहारको समापन हुन्छ । भगनवान शंकर र पार्वतीलाई आदर्शदम्पति मानिने पौराणिक कथामा यो आधारित छ । दस दिनजति घरमा पुजा गरेपछि सबैको पहुँच हुने र्सार्वजनिक स्थलको छनौट गरेर यो पर्व मनाइन्छ । तर्राईतिर यो पर्वका दिन छोरीचेली हातमा दुबो र फुलसहितको सुन्दर लोटा लिएर गीत गाउँदै बगैंचा पुग्छन् । विभिन्न परम्परागत खेल खेल्छन् । यो अवसरमा महिला सृजनशीलताको प्रदर्शनको लागि मेहन्दी र चित्रकला जस्ता प्रतियोगिताको समेत आयोजना हुन्छ । छिमेकी भारतको राजस्थानमा पनि मुख्य रूपले र गुजरात एवं मध्यप्रदेशको केही भागमा पनि यो पर्वमनाइन्छ । कतिपय ठाउँमा शिवपार्वतीको मूर्ति र शिरमा कलस बोकेका महिलाहरूको झाँकी समेत निकालिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

म गाउन खोज्छु

२०८२ बैशाख १८ गते, बिहीबार

ओ मास्टर साव !

२०८२ बैशाख १७ गते, बुधबार

आगोका अजम्बरी झिल्का

२०८२ बैशाख १४ गते, आईतवार