‘भगजोगनी’को उज्यालोमा मधेश – नन्दलाल आचार्य

२०७० जेष्ठ ४ गते, शनिबार


मधेसी जनताको नाममा राजनीति अति भो । मधेसलाई सबतिरबाट दबाइयो । यताकाबाट पनि उताका बाट पनि । सबभन्दा बढ्ता त तथाकथित मधेसी नेतानेतृबाट लुटियो, भुटियो । गजेन्द्रनारायणको सपना चिराचिरा भएको छ । उनको सद्भावना पार्टर्ीीुक्राटुक्रामा परिणत भएको छ । मधेसी जनअधिकार फोरम समेत टुक्रै टुक्रा भएको छ । मधेसी जनताका अधिकार र स्वाधीनताको मुद्दा लिएर मधेसमा जयकृष्ण गोइतले सुरुवात गरेको भूमिगत सशस्त्र ब्रि्रोही पार्टीीमेत चिराचिरा भई अनगिन्ती टुक्राका विभक्त छ । आखिर यस्तो किन, के यसरी जनाधिकार प्राप्त हुन्छ त – जनताका यी र यस्ता प्रश्नको जवाफ नेतानेतृसँग छैन । सारमा भन्ने हो भने यी सबै हक र अधिकारका लागि नै भनेर बनेका पार्टीीुन् तर पद र कुर्सर्ीीोहमा पसी पैसा कमाउने धन्दा राजनीतिलाई बनाउने गरेको प्रष्ट छ । उनीहरू भन्ने गर्छन्- ‘मधेसी जनताले राहत पाएनन्, अधिकार भेटेनन् र नेपाललाई आफ्नो देश भन्न पाएनन्, साथै आफूलाई नेपाली हुँ भन्ने आभाष पाएनन् ।’ मधेसी नेतानेतृले यही मुद्दालाई अस्त्र बनाएर पहाडे शासकसँग दलाली गर्दै उप-प्रधानमन्त्री सहित विभिन्न खाले मन्त्री भएका छन् । र्सवसाधरण जनता मरेको मर्यै छ । भजन गाएर, जनताको ढाडमाथि बन्दुक राखेर देश लुट्ने र जनता भुट्नेहरू मोटाका मोटाइ छन् । यो भयो राजनैतिक समस्या । आधा आकाश ढाकेका कतिपय नारीहरू सुसेधन्दामा अलमलिएर चार दिवालभित्र नै थुनिएर बस्न वाध्य छन् । एक चिम्टी सिन्दूर र एक लुङ पोते दिएँ भन्दैमा अहङ्कार थोपर्ने महारोगबाट पुरुषहरू पनि रोगी छन् । महिलाहरू पनि ‘न त्रि्रो मनोरञ्जनको साधन हुँ न सन्तान जन्माउने मेसिन हुँ’ भन्दै तिमीले फर्ेर्ने श्वास र मैले फर्ेर्ने श्वासमा के भिन्नता छ – भनी प्रश्न गरिरहेका छन् । यो समाज कुसंस्कारीको मात्र हैन । यो समाज अग्रगमन चाहने हरेक नर र नारीको पनि हो । नौलो कुरो शुरुमा अपच्य हुन्छ । विस्तारै पच्य बन्दै जान्छ । महिलालाई चिनाउन पुरुष अनिवार्य छैन तर पुरुषलाई जन्माउन महिला अनिवार्य छ भन्ने तर्कहरू प्रस्तुत भइरहेका छन् । यसै सवाललाई मुख्य आधार बनाएर मैथिली भाषामा ‘भगजोगनी’ शीष्ाकको कविता सङ्ग्रह साझा प्रकाशन, ललितपुरले प्रकाशन गरेको छ । त्यस कृतिकी कवयित्री हुन्- करुणा झा ।
कवयित्री झाका कविता सिर्जनाको भावभूमि भनेकै वर्तमान युगको चरम विसङ्गति, अतृप्ति, छटपटी र किर्ंकर्तव्यविमूढता हो । उनका अधिकांश कविताले वर्तमान बोकेका छन्, विगतलाई झपारेका छन् र भविष्यलाई खबरदारी गरेका छन् । मानिसले भूतबाट पाठ सिक्दै एवम् समुनन्त भविष्य बनाउने आशावादी सोचका साथ वर्तमान समयको भरमग्धुर उपभोग गर्नुपर्छ । उनका धेरै जसो कविताले यसै भन्छन् । उनी हावामा महल ठड्याउँदिनन् । खोक्रो आदर्शको पछि दगर्ुर्दिनन् । तर, समाजका कुरूप पाटाहरूलाई र्सवाङ्ग नग्न बनाउन समेत छाड्दिनन् । उनका कवितामा कोमल, करुण र हृदयस्पर्शी भाव पनि आएका छन् । खरा, दह्रा र मनमस्तिष्कमा आँधीबेहरी ल्याउने खालका व्रि्रोही स्वरहरू पनि परेका छन् । कतै काँचो शैली छ, कतै पाको शैली छ । तर, लयप्रधान भई उनका कविता सप्तकोशी बगेझैँ सलल बगिरहेका छन् । कवितामा शब्दसंयोजन गर्दा केही हिन्दी र एकाध अङ्ग्रेजी भाषामा प्रयुक्त शब्दहरू परेका छन् । तिनीहरूले कविताको मूल्यलाई र मैथिली भाषाको कोमल मर्मलाई त्यति विघ्न स्खलन भने गरेका छैनन् । जनज्रि्रामा सहजै बसेका शब्दहरूलाई मात्र मैथिलीकरण गरेका कारणले समेत कविताहरू युवापिँढीका लागि पठनीय र श्रवणीय लाग्छन् ।
‘भगजोगनी’ कविता सङ्ग्रहमा जम्मा ३८ वटा कविताहरू छन् । ‘सरस्वती बन्दना’बाट सुरु भएर ‘सहिद-सलाम’ सम्म पुर्याउँदा ‘भगजोगनी’को काम पर्ूण्ा भएको छ । यस कृतिको सेरोफेरो चहार्दा भेटिएकी कवयित्री झाका कवितागत प्रवृतिहरूलाई देहायबमोजिम केलाउन सकिन्छ ।
१. आध्यात्मिक एवं दार्शनिक दृष्टिकोण- हिन्दू धर्मावलम्बीहरू सरस्वतीलाई विद्याकी देवी ठान्दछन् । उनको आराधनाले ज्ञान, विवेक र प्रज्ञाको चक्षु खुल्ने कुरा बताउँछन् । आराधनापश्चात् गरिएको शैक्षिक कार्य सफल हुन्छ भन्ने मान्यता राख्छन् । त्यसकै प्रभावले हुन सक्छ, ‘भगजोगनी’ कविता सङ्ग्रहको पहिलो कविता ‘सरस्वती वन्दना’ राखिएको छ । अँध्यारो नाश गरी उज्यालो पारी दिन बरदान माग्दै कवितामा भनिएको छ-
शारदे ज्योतिर्मयी माँ
ज्योतिके बरदान दिअ
अज्ञान तम के दूरी क’ माँ
ज्ञानपूँज प्रकाश भरि दिअ । -पृ.१)
यस्तै संसार निर्दयी छ, यहाँ हरथोकर्/र्सवथोक र्सवस्वीकार्य भावका साथ बाँच्न प्रयत्न गर्नुपर्छ । जन्मका लागि पनि र मृत्युका लागि पनि मानिस स्वतन्त्र छैन । मुत्यु चाहँदा पनि स्वीकार्न सकिन्न, जन्म बदल्न भन्दा पनि मिल्दैन । जस्तो छ, त्यसैलाई स्वीकार्य भावले आत्मसात् गर्नुको विकल्प नरहेको दार्शनिक दृष्टिकोण व्यक्त गर्न समेत कविताहरू पछि छैनन् । यस कोटिमा ‘सपना’ र ‘फेर आबू कन्हैया’ जस्ता कविताहरू पर्दछन् ।
२. मातृभूम्रि्रतिको अगाध प्रेम- मातृभूम्रि्रति सरोकार नराख्ने कोही हुन्न । गुणलाई बेवास्था गरी कृतध्न हुनु घोर अपराध कर्म हो । विशाल छाती बनाएर सोच्ने हो भने आकाश छानो हो, पृथ्वी मातृभूमि हो । त्यस विशालतामा हामी हराउन सकौंला । मौलिक पहिचानलाई ओझेलमा पार्न सकौंला । त्यसैले पनि जन्मभूमि र कर्मभूमिको सेवामा जीवन समर्पित गर्न सके हामी धन्य मात्र हुँदैनौँ, मौलिक अस्तित्वसहित गर्वका साथ शिर ठाडो पार्न सक्छौँ । यही र यस्तै चेतना कवयित्री झाका कवितामा पनि प्रशस्तै पाइन्छन् । उनी मिथिलाको महिमागान गाउन पछि परेकी छैनन् । आफ्नो आस्था, विश्वास र र्सवस्व मातृभूमि मिथिलाकै लागि र्समर्पण गरेको खुलासा गर्न चुकेकी छैनन् । यस कोटिमा ‘मातृभूमि मिथिला’, ‘हमर मिथिला’ जस्ता कविता परेका छन् ।
अपन चरणके अमृत सँ
सदा शान्ति बरसाबै
कोशी कमला बहै जयत
निर्मल प्रेम सुधा दर्शाबै । -पृ. ७)
३. नारीवादी चेतनाको प्रष्फुटन- भनिन्छ, कलाकार/साहित्यकारको लिङ्ग हुँदैन, तोकिएको भूगोल हुँदैन । उनीहरूको जगत् अथाह हुन्छ जसलाई कसैले नाप्न खोजे नाप्न सक्दैन, जोख्न खोजे जोख्न सक्दैन । त्यसमा पनि कवि/कवयित्रीहरूको विचरणभूमि नितान्त फरक ढङ्गको अलौकिक हुन्छ । तर, सधैँ कवि भएर, कलाकार नै गनिएर कोही रहन सक्दैन । व्यवहारिक जीवन व्यतितमा नलागीकन सुख हुन्न । जीवनभोगाइका तीतामीठा क्षणहरूले नै साहित्य सिर्जनामा मद्दत पुर्याउँदछ । कवयित्री झा नेपालीय मधेसी जनजीवनभित्रकी नारी प्रतिभा भएकीले उनले आफूले भोगेको सामाजिक जीवनका कठोर पाटाहरूलाई कवितात्मक आकार दिन चुकेकी छैनन् । नारी चार पर्खालभित्र जकडिएर रहने पुरुषको अहङ्कारको खेलौना हैन, सृष्टिकी अपार शक्ति हुन् भन्ने आशय पाइन्छ । उनी नारीलाई सन्तानोत्पादनको यन्त्र र मनोरञ्जनको खेलौना ठान्ने प्रवृत्रि्रति रोष व्यक्त गर्दै सुतेका नारीलाई जगाउने प्रण गर्दछिन्-
हमरा अहसास भ’ चुकल अछि
हम एकैसम सदी के नारी छी
जागि चुकल छी हम आ जगायब हम सबके
अइ क्रान्तिकें जनजन तक पहुचायब
सब सुतल नारी चेतनाकें हम जगायव । -पृ.७)
४. व्रि्रोही आवाजलाई उच्च स्थान- समाजका अमिल्दा पाटाहरूलाई मिलाउन साहित्यकार/बुद्धिजीवीहरूको मसी खर्चिइनुपर्छ, आवाज घन्किइनर्ुपर्छ । अग्रगामी कदमलाई पृष्ठपोषण गर्नुपर्छ, पश्चगामी र यथास्थितिवादी सोच एवं क्रियाकलापलाई धरासायी बनाउन जमर्को रहनुपर्छ । यही मान्यता बमोजिम कवयित्री झा पनि आफ्नो कलमलाई तिखार्न चनाखो र सक्रिय रहेको भेटिन्छ । उज्यालो दिनको चाहना र समाजको अग्रगतिको कामनामा उनले शब्दहरू खर्च गरेकी छिन् । यस कोटीमा ‘हमर की दोष -‘, ‘आतङ्कवाद’, ‘प्रजातन्त्र’, ‘संसार’, ‘द्रोणाचार्य’ र ‘लोकतन्त्र के चारिम स्तम्भ’ जस्ता शर्ीष्ाकका कविताहरू परेका छन् ।
नेता सब साँप बनल
जनता बनल छिपकली
सत्ता के भूख विकट
नइ आदि अछि, नई अंत
राजा गेल, रानी गेल
आब अछि प्रजातन्त्र । -पृ.२१)
उनी अत्याचार र अन्याय थुप्रदै गए, पत्रकारिता जगत् खम्बा बनी पाखण्डीका शिर माथि बज्रने उद्घोष गर्न पछि छैनन् ।
यदिर् इ हिस्सा रुकल त
लोकतन्त्र केर् इ चारिम खंभा
अहि के उपर खसि पडत
हम त लोकतन्त्रके चारिम स्तम्भ छि । -पृ.५२)
५. दिगो मित्रता, शान्ति र सौहार्दताको कामना- यत्तिखेर देश र जनतालाई राम्रो र हाम्रो संविधान चाहिएको छ । त्यससँगसँगै दिगो शान्ति, सद्भाव र सौहार्दता चाहिएको छ । हरेक नेपाली नेपालभित्रै अट्न सक्ने संस्कार, रीतिथिति र व्यवहार चाहिएको छ । राज्यका हरेक तह र तप्का तथा संयन्त्रहरूमा हरेक वर्ग र सम्प्रदायका मानिस पुग्न सक्ने नीति र कानुन चाहिएको छ । त्यसभन्दा बढ्ता निर्मित र पारित समझदारी र कानुन कार्यान्वयनको लागि सचेत र सक्रिय रहनुपरेको छ । यिनै सर्न्दर्भलाई टिपनटापन गरेर कवयित्री झाले कवितात्मक रूप दिन खोजेकी छिन्-
बनू कर्मरथी, कर्म क रथ पर चढि
चलू मंजिल दिस, शुभपथ पर बढि
धरती उगैल चाहे कताबे अंगारा
चाहे नभ बरसाबै मूसलधारा । -पृ. ४५)
६. प्रकृतिको सजीव चित्रणमा पोख्त- प्रकृतिले हामीलाई जीवनदान मात्र दिएको छैन, जीवन जिउने कला पनि सिकाएको छ । प्रकृतिझैं अटल भई अविरल यात्रामा त निस्कन सकिन्न । प्रकृतिको हुबहु अनुकरण गरेर आदर्शमय धरोहर खडा गर्न पनि सकिन्न तर प्रकृतिको लीलाप्रति मख्ख र मस्त बन्न सकिन्छ । कवयित्रीले पनि प्राकृतिक सौर्न्दर्यता र सुवासमा धन्य भएको कुरा बखान गर्न पछि परेकी छैनन ।
अलसायल यौवन जकाँ
भोरक रौद भेल
फूलक बोझक नीचा
खुशबु लचकि गेल । -पृ. ११)
७. पर्ुखा एवं सहिदहरूको त्यागको उच्च मूल्याङ्कन- गुणीको कदर गर्नु, असहाय अशक्तलाई मद्दत पुर्याउनु मानवीय धर्म हो । अझ, पर्ुखाहरूको त्याग र सहिदहरूको बलिदानीको अमर गाथाबाट सौभाग्यशाली हुन नसक्नु कृतघ्न हो । सच्चा मानव हुनुछ भने अमरगाथाको सम्मान गर्नुपर्छ । पर्ुखा र सहिदहरूको सपना, जपना र कामनालाई मर्ूतरूप दिन कटिबद्ध भएर लाग्नर्ुपर्छ । कवयित्री झामा पनि यस खाले सोचको विकास भएको देखिन्छ । उनले ‘देशक वीर’ र ‘सहिद-सलाम’ शर्ीष्ाकका कवितामा सहिद र पर्ुखाहरूको महिमागान गाएकी छिन् । उनीहरूको सपना हामीले लत्याएमा निर्दाेष आँसुले सराप्ने कुरा उठाएकी छिन् । देशको दर्ुगत्रि्रति ठूलो चिन्ता गरेकी छिन् ।
अहाँक शहादत के परन्तु, मोल कियो चुका सकत
अधर्म आ आतंक मिलि, अहाँके सब बिसरि चुकल
अहाँ सबहक बलिदानक नामर्
इ सब केलनि बदनाम । -पृ. ५५)
उनलाई नेपालीय मधेसी हुनुमा गर्वबोध छ । मुलुकलाई गाह्रो र साह्रो परेको बेला अघि सरेर प्राणको प्रवाह नराखी देश र जनताको हक र अधिकारका लागि लड्ने वीरपर्ुखाको वीरताको बखान गर्दै कविता भन्छ-
जखन, जखन आयल मुसिवत
मुस्किलमें पडल प्रदेश
प्राण के क गेला ओ अर्पण
बचाबै लेल अपन मधेश । -पृ. २२)
८. वर्तमान झल्काउने र थर्काउने आवाज बुलन्द- बौद्धिक वर्ग चेतनाका संवाहक र युग परिवर्तनका नायक हुन् । सडकमा चिच्याउँदै र उडन्ते गफ छाट्दैमा कहीं जनचेतना जाग्दैन । जबसम्म समाजका बेथितिहरू, थितिमा परिणत हुन्नन् तबसम्म परिवर्तनको ढोलक बजाउनु, असारका भ्यागुता कराएझैं र्सार्थकहीन हुन्छ । अतः वर्तमान झल्काउने र थर्काउने आवाज बुलन्द हुनु जरुरी छ । मौनतामा र्समर्थन मात्र हुन्न, विमति पनि झल्कन सक्छ । बौद्धिक क्रान्ति गर्ने पाटा र बाटाहरू फरक-फरक हुन्छन् । यिनै भावभूमिमा ‘मौन र्समर्पण’, ‘अभिलाषा’, ‘नव निर्माण क आधार’, ‘समय नहि अछि’ जस्ता कविता परेका छन् ।
विषधर जकाँ जखन डसत राति
अन्हरिया अहाँ कें क’ देत घाइत
हम बनि समायब उरमें चंदन
क’ रहल छी हम मौन र्समर्पण । -पृ. १०)
यस युगका मान्छेलाई व्यवहारिक कामकाज गर्न र भूमिका निर्वाह गर्न समय नभएको तर इमेल, इन्टरनेटबाट कुराकानी गर्न, राती अबेरसम्म समय दिन सकेको वास्तविकतालाई ओकल्न समेत उनी पछि परेकी छैनन् ।
लेकिन हमरा पूरा समय अछि
राति देर तक कम्प्युटर पर बैसबाके
नेट पर चैट करबा के समय अइ
फेसबुक के फेस सँ दोस्ती करबा के समय अछि
मेल आ फिमेल सँ
इमेल सँ विवाह करबाक समय अछि ।
एक दिन समय स्वयं आबि क’
पुछत हमरा अहाँ सँ
अहाँ समय के की केलउ
अहाँ के की भेटल –
नइ जिलउ, नइ दोसर के जिबै देलउ
नइ हंसलउ नइ हंसेलउ
नइ जीवनमे ककरो नोर पोछलउ
जीवन समाप्त भ जायत तइयो
कहब समय नहि अछि, सब कियो । -पृ. ३९)
र, अन्यमा
‘भगजोगनी’ शब्दको नेपाली अर्थ ‘जूनकीरी’ भन्ने हुन्छ । निष्पट्ट अँध्यारालाई चिर्दै आफ्नै शरीरमा भएको सानो बत्तीको भिलिकमिलिकमा दिनचर्या विताउने जूनकीरी अँध्यारो नाश गरी उज्यालो आह्वान् गर्ने जीव विशेष हो । त्यसमा जस्तो विशेष गुण अरू कुनै प्राणीमा हुन्न । यहाँसम्म कि जूनकीरी मरेपछि पनि प्रकाश दिने काम बन्द गर्दैन । त्यसैले कतिपय अरू जीवले जूनकीरीलाई आफ्नो गुँडमा लगेर टाँसेका हुन्छन् । त्यसले बत्तीको काम गरिदिने गर्छ । यसप्रकार हरतरहले आफू मेटिएर भए पनि जगत् उज्यालो पार्ने काममा जूनकीरी सक्रिय रहन्छ । त्यसै गरी काव्यात्मक सूधापान गराउन कवयित्री झाका कविताहरू सशक्त रहेका छन् । विशेषतः कवितामा लय हुनर्ुपर्छ, अन्त्यानुप्रासयुक्त रहनर्ुपर्छ । यी दुवै गुण ‘भगजोगनी’ मा सशक्तरूपमा देखापरेका छन् । त्यसैले उनका कविता गद्य भए पनि पद्यजस्ता लाग्छन् । कुनै शास्त्रीय विधिविधानलाई अवलम्बन गर्न भने सकेको पाइन्न । वाचनका दृष्टिले उत्कृष्ट छन् । शुद्ध मैथिली भाषालाई आत्मसात् गरेर अघि बढ्न भने कवयित्रीले अरू प्रयास गर्नुपर्ने हुन्छ । हिन्दी र अङ्ग्रेजी भाषाका जनज्रि्रोमा झुण्डिएका शब्दहरूको बाहुल्यताले मैथिली भाषाको गरिमामय मधुर र करुण परम्परा थेग्ने कुरामा प्रश्न चिन्ह लाग्न सक्छ । मैथिली भाषामा गालीगलौज गरे पनि त्यसमा मधुरता र कारुणिकता झल्कन्छ । यसको कारण यस भाषामा प्रयोग हुने कोमल शब्दहरूको करामत हो । यस प्रकार ‘भगजोगनी’ कविता सङ्ग्रहमा भाषागत केही कमजोरी भए पनि विचारगत दृष्टिले परिपर्ूण्ा र परिपुष्ट अवस्था वोध हुन्छ । मैथिली भाषाको आफ्नै प्रकार र प्रकृतिको गौरवमय परम्परा भएकोे र विशाल शब्दभण्डार रहेको कारणले अभिव्यक्तिमा अन्य भाषाका शब्दहरू नलिई नहुने अवस्था कमै पर्छ । अभावलाई पूर्ति गर्न शब्द डाक्नर्ुपर्छ तर अभाव नभईकन पनि डाक्न थाल्दा अतिशयोक्ति हुने खतरा बढ्न सक्छ भन्ने कुरामा चाहिँ कवयित्रीले हेक्का राख्नु आवश्यक देखिन्छ ।
कवयित्री करुणा झाले गरेको प्रयत्न र पाएको सफलता सम्पूण् नेपाली नारीहरूको लागि गर्ववोध गर्ने र अनुकरण गर्न लायकको छ । माटोलाई माया गर्ने, परम्परा र संस्कृत्रि्रति मोह दर्शाउने, युवापिँढीलाई मार्गनिर्देश गर्ने, लैङ्गिक असमानताका कारणले नारी जगत्ले सामाना गर्नु परेका चुनौतिहरू देखाउने, सृष्टिको चक्र चलाउने मात्र हैन क्रान्तिको आगो ओकल्ने सामर्थ्य नारी वर्गमा रहेको आभाष दिलाउने, हाम्रो समुन्नत भविष्य बनाइदिन प्रयत्न गर्न वीरसहिदहरूको त्याग आदि विषयहरूको विशद् चर्चा गर्ने जस्ता प्रयत्नहरू कवयित्रीबाट भएको छ । एक सचेत र्सजकको भूमिका निर्वाहमा उनी प्रयत्नशील भएको देखिन्छ । नेपालीय मधेसी समाजमा नलेखिएका कुराहरू धेरै छन् । नलेखिएका अध्यायहरू पूरा गर्ने जिम्मेवारी कवयित्री झाहरूजस्ता ऊर्जाशील र्सजकहरूमा गएको छ । कवयित्री झाको लेखनशक्तिमा अझ परिष्कार आओस्, अझ क्रान्तिकारी विचार र भावनाले प्रश्रय पाओस् र समाजको लागि चेतनाको दीप बन्न सफल रहोस्, यही शुभेच्छा सहित सफल साहित्ययात्राका लागि शुभ-कामना व्यक्त गर्दछु । असल साहित्य मस्तिष्कको मसीले लेखिन्न, हृदयको मसीले लेखिन्छ । हृदयमा मसी सञ्चित गर्न ठूलो, त्याग र तपस्या चाहिन्छ । लेख्छु भन्दैमा नलेखिने र लेख्दिन भन्दा पनि कतै न कतैबाट प्रष्फुटित भइहाल्ने कुरो हो- साहित्य । साहित्यसाधकले जेजस्तो जीवन भोगेको छ, जुन कुरामा आफू रुझेको छ र जेले आफूलाई छोएको छ, त्यसलाई नै हुबहु लिपीवद्ध गर्छ । यसो गर्दा कतै आफूलाई चरम आनन्दमा पुर्याएका कुरा पर्न सक्छन्, कतै नराम्ररी बिझाएका कुराहरू व्यक्त हुन सक्छन् । साधक स्रष्टा मात्र नभई जीवन र जगत्को द्रष्टा पनि हुन पुग्छ । त्यस्तै आफूले भोगेको युगीन पीडा, छटपटी बेचैनी, सङ्गति-असङ्गति, आशलाग्दो समय र विरसिलो अवस्था सबैको प्रतिनिधित्व गर्दै उदाएकी एक सशक्त नारी हस्ताक्षर करुणा झामा साहित्य भण्डार दरिलो र हरियो बनाउने प्रशस्त सम्भावनाहरू रहेको देखिन्छ भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।
कृतिः भगजोगनी/विधा ः कविता/कृतिकार ः करुणा झा/संस्करणः पहिलो, २०६८/मूल्यः रू. १२७।-/प्रकाशकः साझा प्रकाशन

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार

धरापको बिचैबीच जीवन

२०८२ बैशाख १ गते, सोमबार