मैनालीको परिबन्दका १५ वर्षर्सार्वजनिक
काठमाडौँ । जन्मकैदको सजायमा जापानको कारागारमा १५ वर्षथुनामा रहेर अन्ततः निर्दोष पाइएका गोविन्द मैनालीले आफ्नो जेलजीवनलाई लिएर लेखेको संस्मरण ‘परिबन्दका १५ वर्षयहाँ र्सार्वजनिक गरिएको छ । एक जापानी महिलाको हत्या र लुटपाटको अभियोगमा सन् १९९७ मा जापानमा पक्राउ परेका मैनाली निकै लामो कानुनी लडाइँपश्चात गत वर्ष६ जुन २०१२ मा टोकियो उच्च अदालतको आदेशबाट रिहा भएका थिए । सो पुस्तक र्सार्वजनिक गर्दै जापानका लागि नेपालका पर्ूवराजदूत केदारभक्त माथेमाले आफ्नो कार्यकालको मूल्याङ्कन गर्दा सन्तोषजनक रहे पनि गोविन्द रिहाइ नहुँदा खिन्नता लागेको बताए । माथेमा जापानमा राजदूत रहेकै बखत गोविन्द जापानमा हत्या आरोपमा पक्राउ परेका थिए । श्री माथेमाले पुस्तकको भूमिकामा पनि लेखेका छन्, ‘यो पुस्तकले एउटा बेकसुर नेपाली युवकले कसरी गलत न्याय व्यवस्थाका कारण १५ वर्षजापानी कारागारमा बिताउनुपर्यो भन्ने मात्रै दर्शाउने छैन, यसले एउटा अविकसित राष्ट्रको नागरिक कसरी विकसित देशको कानुनको नजरमा र विशेषतः प्रहरीको आँखामा कमजोर र सहाराविहीन हुन सक्छ भन्ने पनि देखाउनेछ ।’ सो अवसरमा गोविन्द मैनालीका दाजु इन्द्रले पनि जापानजस्तो अति विकसित मुलुकमा पनि प्रमाणहरुलाई सही विश्लेषण र परीक्षण नै नगरी १५ वर्षम्म एउटा निर्दोष नागरिकलाई जेलमा राखिएकामा दुःख प्रकट गरे । उनले निर्दोष गोविन्दलाई जबर्जस्ती जेलमा राखेकै अवधिमा चिन्ताका कारण बुबाको देहावसान भएको र परिवारमा पनि अथाह मानसिक तनाव छाएको चर्चा गरे । पुस्तकका लेखक गोविन्द मैनालीले आफूले जेलमा रहँदा भोगेका कुराहरुलाई लिपिबद्ध गरेको र यसले जापानी न्याय प्रणालीमा रहेका कमजोरीलाई उजागर गरेको बताए । सांग्रीला पुस्तक प्रालिले प्रकाशनमा ल्याएको सो पुस्तक ३४० पृष्ठको छ भने मूल्य रु. ३५० रहेको छ । पुस्तकभित्र मैनालीको दैनिकी, अपिल, चिठी, कवितालगायतका सामग्री समेटिएका छन् ।