चेली सम्मान दिवस तीज – दीपक सुवेदी

२०७० भाद्र २२ गते, शनिबार

चेतना स्वरूप आत्माबाहेक पञ्चमहाभूतीय तथा इन्द्रिय बशिभूत तत्त्वहरू सबै जड् हुन्, प्रकृति हुन् । जस अनुसार पुरुषदेह पनि जड् हो, प्रकृति हो, मात्रै जनन्द्रिय फरक हो । जड् प्रकृति-स्वभाविक गुणभन्दा माथिबाट हर्ेदा स्त्रीमा रहेको चेतनशक्ति आत्मप्रकाश पुरुषतत्त्व नै हो । अतः तात्त्विक दृष्टिबाट हेदा पुरुष र स्त्रीबीचको आङ्गकि भेदबाहेक चेतनशक्ति अर्थात आत्मीय सत्ता एउटै हो, भेद छैन । तथापि सृष्टिको सृष्टि विकासको सिद्धान्त र प्रक्रियाहरू शक्ति पृथकिकरणमा आधारित छ, जसमा सृष्टिको सञ्चालनको प्रमुख भूमिका प्रकृति र माया शक्तिमा आधारित छ । इश्वरबाट मायाको सायताले मायाधिश भएर सृष्टि सञ्चालन हुन्छ । ब्र≈मा, विष्णु र शिवले नै आदिशक्ति भगवतीको स्तुति गर्छन् । माया-प्रकृति शक्तिको सम्मान नभइ सृष्टि सुचारु हु“दैहु“दैन, जुन स्थिति सृष्टि सञ्चालनदेखि प्रकारान्तरले एउटा घर-परिवार, समाज, देश, विश्व, संघसंस्था, निकाय आदि सञ्चालनमा पनि लागू हुन्छ ।
आङ्गगि पुरुषहरूले स्त्रीप्रति गर्ने व्यवहारले र स्त्रीहरूले आफू को हौं भन्ने अनुभूति गरेर सोही अनुसार आफ्नो भूमिकामा उत्रन नसक्दा समाजमा पितृशक्ति र मातृशक्तिबीचमा विभेदपूण् व्यवहार युगौंदेखि जगडिएर रहेको छ ।
मनुष्यले आफू को हो, आफूमा कुन चेतनशक्ति छ, त्यसलाई जागृत गर्दा कति उपलब्धि लिनदिन सकिन्छ, सृष्टिलाई कति सुरम्य बनाउन सकिन्छ भन्ने हेकाना गर्न नसक्दा आज विश्वव्यापि रूपमा मानवसमाज दानवीय समाजका रूपमा परिणत भएको छ ।
नारीले आफू कमजोर हु“ भन्ने मानसिकता त्यागेर आफूमा आदिशक्ति भगवतीको गुण-उर्जा विद्यमान रहेको र त्यसलाई जागृत गर्न, बोध गर्न जरुरी छ । सो शक्ति जागृत हुनासाथ नारी ३३ प्रतिशतमा नभएर ६० प्रतिशतभन्दा बढी अधिकारको सदुपयोग गर्न सक्षम रहनेछन् । सृष्टि पितृशक्तिको नभएर मातृशक्ति अथवा प्रकृतिको हो । प्राकृतिक अधिकारको हैसियतले आफ्नो सृष्टिमा मातृशक्ति नै र्सर्वे र्सवा हुन्छन्, जानकी पति श्रीराम, गौरीपुत्र गणेश, देवकीनन्दन श्रीकृष्ण जस्ता सम्बोधनका वैदिक व्यवहारिक सिद्धान्तको मान्यताले त्यसैलाई प्रमाणित गरेको छ । जुन कुरा मातृजगतले अनुभूति गर्न जरुरी छ ।
मान्छेमा अधिकार खुल्लारूपमा सतप्रतिशत नै रहेको हुन्छ, तर उसले आफूमा जति क्षमता छ त्यतिमात्रै माग गरिरहेको हुन्छ । नारीको हक अधिकारमा पनि यही सिद्धान्त लागू भएको छ । सृष्टि नै नारीको अथवा प्रकृतिको हो, आफ्नो सृष्टिबाट, आफ्नो वचस्वबाट अधिकार माग्दा अरुबाट नमागेर आफूमा भएको अधिकारको सदुपयोग गर्ने क्षमता नारी जगतले विकास गर्न, सोही अनुसारको चेतनाको जागरण गर्न जरुरी हुन्छ ।
श्रीमान् श्रीमतीबीचको असन्तुष्टि, सासु बुहारीबीचको असमझदारीलाई व्यक्त गर्ने माध्यमको रूपमा मात्रै तीजलाई अपनाउनु कमजोरी हो र हुनेछ । तीजलाई प्रकृतिशक्ति जागरणको विशेष दिनको रूपमा बोध र अनुभूतिपर्ूवक व्यवहारमा अनुसरण गर्ने अभ्यासको सांस्कृतिक दिवसका रूपमा ग्रहण गर्नु पर्छ ।
संसारमा कुनै पनि चिजको सदुपयोग र दुरूपयोग दुबै हुनसक्छन् र हुनेगर्छन् । सदुपयोगले र्सवकल्याण र दुरूपयोगले विनाश गर्छ भन्ने र्सवविदित तथ्य हो । जति महत्त्वपूण् अथवा राम्रो विषयवस्तु छ त्यसको दुरूपयोग भयो भने सबैभन्दा हानी याने दुष्परिणाम आउ“छ, त्यस्तै भएको छ पर्ूर्वीय ज्ञानविज्ञान एवम् धर्मदर्शनको प्रयोग र व्यवहार तथा अनुसरणमा । सर्वोत्कृष्ट धर्म, दर्शनको मुख्यस्थल भएर पनि नेपाल यो दुदशामा हुनुलाई यसकै उदाहरणको रूपमा लिन सकिन्छ । सनातन भूमि, धर्मभूमि, तपोभूमि, ज्ञानभूमि, देवभूमि, योगभूमि, बुद्धभूमि, शान्ति भूमि नेपालमा भ्रष्टाचार, हत्याहिंसा, आतंक जस्ता दानवीय कार्यहरू हुनहु“दैनथ्यो । महिलाहिंसा हुनहु“दैनथ्ययो । विश्वलाई वास्तविक मानवीयताको मार्गदर्शन गरेर यो भूमिले गुरुउत्तर दायित्त्व निर्भाह गर्नुपर्ने कर्तव्य थियो । तर, बिडंबना हामी नेपालीले आफ्नो परिचय चिन्न सकेनौं, हाम्रो आफ्नो धर्म, दर्शन, भौगोलिक, प्राकृतिक, दैवीय अधिकारको दुरूपयोग गर्यौं र गरिरहेका छौं फलस्वरूप विद्वानबाट आफ्नो विद्वताको सदुपयोग गरेर देश बनाउनुको सट्टा दुरूपयोग गरेर देश बर्बाद गर्ने काम भयो, वर्तमानमा त्यही भइरहेछ । वेदवेदान्त जस्तो महान धर्मदर्शनको मुख्यस्थली रहेको विश्वको माथ-मस्तिष्कको अभिभाराको सदुपयोग गरेर विश्वलाई मार्गदर्शन गर्नपर्ने देश चरम महिला हिंसालगायतका क्रन्दनबाट छट्पटाइरहेको छ ।
विभिन्न गोष्ठी तथा कार्यक्रमहरूमा महिला अधिकारका भाषण गरेर हिड्ने कति महिला अधिकारकर्मीहरूकै घरमा छोरी, बुहारी तथा सेविकाहरू घरेलु हिंसाले ग्रसित छन् । जबसम्म छोरी र बुहारीलाई हेर्ने दृष्टिको समान हुन्न, जबसम्म कर्मको आधारमा नारीमाथि दमन शोषण हट्दैन, जबसम्म दम्पत्तिबीचको अस्तित्त्व समान बोध गरिन्न, जबसम्म नारीले आफूमा रहेको र्सवसिद्ध शाश्वत प्रकृतिको विसालता आफूमा रहेको बोध र अनुभूतिको अभ्यास तथा सदुपयोग गर्दैनन् तबसम्म ‘यत्र नार्यास्तु पूज्यन्ते तत्र रमन्ते देवता’को उपदेश व्यवहारमा लागू भएको कसरी मान्न सकिन्छ र – अहिले समाजमा व्यप्त विभिन्न खालका विसंगति, विकृति, हिंसा आदिको कारकको रूपमा धर्म संस्कृतिलाई दोष दिने चलन बढेको छ, वास्तवमा यस्ता विकृतिहरू धर्मसंस्कृतिको सही सदुपयोग र अनुसरण हुन छाडेपछि बढेका हुन् । धर्मदर्शनले कहिल्यै पनि विकृति एवम् विसंगति र अमानवीयतालाई प्रसय गर्दै गर्दैन ।
यावत सर्ंर्किणता तथा दुरूपयोगबाट हुन गएको विकृति, विसंगतिजन्य कारणबाट भएका महिला हिंसा, दमन, शोषण विरुद्धका वर्षरी संग्लेर रहेका आवाजहरू तीजको अवसर पारेर विस्फोट हुने गर्छन् । कतै सृष्टिगत अधिकार, धर्मदर्शनको अर्थ, आफूमा रहेको ब्र≈माण्डीय उर्जा, शक्ति, तात्त्विक परिचय, मानव मानवबीचको नातो, पुरुष र प्रकृतिबीचको सम्बन्धलाई चिन्न नसक्दा, कर्तव्यबोध, दायित्त्वबोध गर्न नसक्दा त कतै दुरूपयोग गर्दा मानव समाजमा देखिएका दानवीय रूपरेखाहरूबाट निवृति हुनलाई अध्यात्मिक चेतनाको विकल्प देखि“दैन । प्रकारान्तरले यस भूमिको विभिन्न सांस्कृतिक पर्व विशेषहरूले पनि अन्ततो गत्वा आध्यात्मिक चेतनातर्फनै प्रेरित गरिरहेका छन्, उदाहरणको रूपमा तीज पर्वलाई लिन सकिन्छ । केही आडम्बर तथा कुसंस्कृति यस्ता सांस्कृतिक पर्वहरूमा उपर्युक्त दुरूपयोगजन्य मानसिकताबाटै पसेकाबाहेक तीजका अधिकांश पक्ष तात्त्विक छन् । यसको महत्त्वलाई व्यापकता दिन मात्र कर्मकाण्डी नभएर तात्त्विक रूपबाट परिभाषा एवम् अनुसरण गरिनु जरुरी छ ।
महान व्यक्तित्त्वहरूपनि आमाकै गर्भबाट यस पृथ्वीमा आएका हुन्छन् । यद्यपि आमा-बुवाविना कसैको पनि आगमन सम्भव छैन तथापि बाबु अदृष्यमा व्याप्त रहन्छन् र दृष्यमा आमा नै हुन्छिन् । प्राकृतिक अधिकार तथा सिद्धान्त र गुणको आधारमा पनि सन्तानप्रतिको अधिकार पनि आमामा नै हुन्छ । आमाले चिनाएर मात्रै बाबुलाई सन्तानले चिन्नसक्ने हुन्छ ।
धनात्मक र ऋणात्मक उर्जा बराबरी अवस्थामा रहेर अगाडि बढे भनेमात्रै अपेक्षित कार्य पूण् हुने, व्यवस्था चल्ने, सृष्टि धानिने तथा सामान्य व्यक्तिगत जीवनदेखि विश्वब्र≈माण्ड सञ्चालनसम्मको व्यवस्था सुचारु हुने हो । कुनै एक बढी र एक कमी हुनसाथ असन्तुलन आउ“छ नै । यसैलाई व्यवस्थित गर्न हाम्रा शास्त्रहरूले यत्र नार्यास्तु पूज्यन्ते.. को सिद्धान्त प्रतिपादन गरेका हुन् । जसले धेरै वैज्ञानिक अर्थको पुष्टि गरेको छ ।
अबको समयमा तीजलाई चेली-नारीसम्मान दिवसको रूपमा प्रयोग र विकास गर्नुपर्छ । विकासको गतिले अब नारीहरू माइतीदेखि टाढा पुग्ने र तीजजस्तो पर्वमा आउन सम्भव नहुनसक्ने सम्भावना रहने क्रम छ, त्यसैले यो दिनमा नारीलाई चेलीका रूपमा माइतीमा मात्र नभएर घर तथा माइतभन्दा बाहिर पनि चेलीकै रूपमा सम्मान दिने मान्यताको विकास गरिनर्ुपर्छ । चाहे ती बुहारी हुन्, चाहे ती श्रीमती हुन्, नाताको एकाईमा दिदी बहिनीसमान स्नेही पात्रमा पर्ने नारीलाई चेलीको रूपमा सम्मान दिने सांस्कृतिक पर्वका रूपमा तीजलाई अप्नाइयो भने यसले आउने पीढीलाई पनि नया“ र व्यवहारिक सन्देश छाड्ने छ । चेली सम्मान पर्व तीज २०७० को पावन अवसमा उपर्युक्त सम्बोधित सबै चेलीहरूमा हार्दिक मङ्गलमय शुभकामना । अस्तु ।।।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार