वरिष्ठ गायक फत्तेमानको निधन
काठमाडौं, २५ भदौ – वरिष्ठ गायक फत्तेमान राजभण्डारीको ७७ वर्षको उमेरमा निधन भएको छ । गएराती १२ बजेर ५० मिनेट जाँदा काठमाण्डूको ओम नर्सिङ्ग होममा उपचारका क्रममा उनको निधन भएको हो । राजभण्डारी फोक्सोको क्यान्सरबाट पीडित थिए। विक्रम संवत १९९३ साल मंसीर १३ गते जन्मिएका राजभण्डारीले चारसय भन्दा धेरै कालजयी गीत र भजनमा स्वर तथा संगीत दिएका थियो ।लामो समयसम्म नेपाली गीत संगीतको क्षेत्रमा काम गरेका फत्तेमानले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका थिए । फत्तेमानले नेपालबाट मात्र नभएर बंगलादेशबाट समेत लाईफ टाईम अचिभमेन्ट अवार्ड पाएका थिए । फत्तेमानका मर्नबरु गाह्रो हुन्न, यस्तो पनि हुँदो रहेछ , सान्नानीको गालैमा कालो कोठी रैछ, वनै खायो डडेलोले मनै खायो, जस्ता हृदयस्पर्शी र भावनात्मक गीतहरु चर्चित छन । वरिष्ठ गायक फत्तेमानप्रति हाम्रो पनि हार्दिक श्रद्धासुमन ।