द भाइव्ज व्याण्डको दोश्रो एल्बम ‘को हुँ म’ बजारमा
काठमाडौं, १४ असोज – आफ्नो पहिलो एल्बम ‘द भाइब्ज जेनेरेशन’बाटै नेपाली सांगीतिक क्षेत्रमा तहल्का मच्चाएको द भाइव्ज व्याण्डले दोश्रो एल्बम ‘को हुँ म’ बजारमा ल्याएको छ । चार बर्षको अन्तरालपछि नेपालदेखि अमेरिकासम्म लोकप्रियता कमाउन सफल नेप्लिज अमेरिकन रक सांगीतिक समूह द भाइव्ज व्यान्डले ‘को हुँ म’ बजारमा ल्याएको हो ।
नेपाल र अमेरिकाका नेपाली रक प्रेमीद्वारा अत्याधिक रुचाइएको तथा पहिलो एल्बम बजारमा आएकै वर्ष हिट्स एफएम अवार्ड र इमेज अवार्डमा बेस्ट ब्यान्ड अफ द इयरको अवार्ड जित्न सफल द भाइब्ज जेनेरसनमा संग्रहित थाकिसकें बोलको गीतमाथि बनेको म्युजिक भिडियोले लामो समयसम्म नेपाली टेलिजिभन च्यानलहरूको हिट लिष्टमा उत्कृष्ट स्थान कायम गर्न सफल भएको थियो । अमेरिकाका मनोरम दृश्य कैद गरी कथानक ढंगले निर्माण गरिएको सो म्युजिक भिडियो ६ लाख ४० हजार रुपियाँ (१० हजार डलर) को लागतमा बनेको थियो ।
भाइव्जको दोश्रो एल्बममा कुल ७ गीत छन् । यसमा पप रक र आधुनिक गीतका साथमा अंग्रेजी गीत समेत समावेश गरिएको छ । ५ गीत बिल्कुल नयाँ छन् भने बोनसका रूपमा २ गीत पुरानो एल्बमबाटै राखिएका छन् ।
एल्बममा रहेको २ गीतको म्युजिक भिडियो नेपालमा खिचीएको छ भने १ गीत अमेरिकामा खिचिएको छ ।