लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा शर्मा

२०७० आश्विन १५ गते, मंगलवार

काठमाडौं,१५ असोज । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा गायक चन्द्र शर्मा निकटतम प्रतिद्वन्द्वी विष्णु खत्रीलाई पराजित गर्दै निर्वाचित भएका छन् । शर्माले ७ सय ९१ मत प्राप्त गरे भने खत्रीले ४ सय ११ मत मात्रै प्राप्त गरेका थिए । प्रतिष्ठानको बरिष्ठ उपाध्यक्षमा बद्री पंगेनी निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धि कृष्ण देवकोटालाई पराजित गरेका हुन् । पंगेनीले १ हजार ८६ मत ल्याए भने देवकोटाले १ सय १९ मत ल्याए ।
प्रथम उपाध्यक्षमा टिकाराम चपाई निर्वाचित भएका छन भने विमल राज क्षेत्री द्वितिय उपाध्यक्षमा निर्वाचित भएका छन् । महासचिवमा रमेश विजी निर्वाचित भए भने सचिवमा पशुपति शर्मा र शिरिष देबकोटा निर्वाचित भएका छन् । कोषाध्यक्षमा रिता थापा र सह-कोषाध्यक्षमा दिपक खडका निर्वाचित भएका छन् । यसैगरी महिला आरक्षित कोटामा टिका पुन, राधिका हमाल, रमिला न्यौपाने र जमुना राना निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा रामजी खाँड, शंकर बीसी चयन भए । २४ जना कार्यसमितिका लागि भएको निर्वाचनमा ४७ जना प्रतिस्पधामा उत्रिएका थिए । निर्वाचित पदाधिकारीहरुलाई मंगलवार नै सपथ ग्रहण गराइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार

धरापको बिचैबीच जीवन

२०८२ बैशाख १ गते, सोमबार