नेपालीहरुको महान् चाड बडादशैं – नानिभाइ मिखाद्वमि

२०७० आश्विन २० गते, आईतवार

नेपालीहरुको दशैर्पर्व -बिजया दशमी) आश्विन शु क्ल १ दे खि आश्विन १५ सम्म मनाइन्छ । सो पर्व मनाउन जमरा उमारेर पुजा गर्ने चलन छ । महाअष्टमी, नवमीका दिन सरकारी नियम अनुसार बसन्तपुर हनुमान ढोका स्थित तुलजा भवानी र अन्य ठाउँमा रहेका देवदेवीका मन्दिरहरु, सैनिक, प्रहरीका ब्यारेक एवं कोत आदि ठाउँहरुमा राँगो, बोका, हाँस, कुखुरा इत्यादिको बलि दिने गर्दछन् । ती पशु पन्छीहरुका आलो रगत देव देवीहरुलार्इ चढाउने गर्दछन् । जनताहरुमा पनि आ- आफ्ना घरका पुजा कोठामा आफ्नो व्यवसाय, काम अनुसारका साधन, औजारहरुलाई पुजा गरी पशुपन्छीको आलो रगत बलि दिइ चढाउने चलन छ । यसो गर्दा देवदेवीहरु खुसि हुन्छन् भन्ने धारणा रहेको पाइन्छ । बलि दिएका ती पशुपन्छीहरुको मासु प्रसादको रुपमा खान्छन् । दशैंको विजया दशमी देखि पूणिर्मा सम्म आफ्ना मान्यजन एवं नातागोताहरुकोमा गइ टिका थापी आशिर्वाद लिने चलन छ । मान्यजनबाट टिका लगाइदिंदा आशिवार्द दिंदै एउटा श्लोक बाचन गरिन्छ ।
आयू द्रोणसु ते , श्रीयं दशरथे , शत्रु क्षयम् राघवे ।
ऐ र्श्वर्य म नहु षे , गतिश्च पवने , मानं च दुर्येधने ।।
शौर् य शान्त नभे , बलं हलधरे , सत्यं च कु न्तीसु ते ।।।
विज्ञाने विदु रे भबतु भवतां किर्ति श्च नारायणे ।।।।
यसरी आसिर्वा द लिइसके पछि जस्तोसुकै हिंसाकर्म गरेता पनि पापबाट उन्मुक्ति पाइने विश्वास आजपर्यन्त गर्दै आइरहेका छन् । उक्त श्लोको अर्थलाई बिना आग्रह-पूवाग्रह निष्पक्षरुपमा विचार गर्ने हो भने बिल्कुल मिल्दैन । किनभने, द्रोणाचार्यका छोरा अश्वथामाले द्रोपदीका पाँचभाई छोराहरुलाई युद्ध नियम विपरित सुतिरहेकै अवस्थामा हत्या गरी निच कर्म गरेका थिए । यसको परिणाम स्वरुप आफ्नो जन्मदेखि नै निधारमा रहेको मणिलाई कटाउन बाध्य भएका उनी कर्म गिरेका ब्यक्ति थिए । राजा दशरथले आफ्ना एकजना रानीलाई पनि काबुमा राख्न नसकी निरपराधी छोरा रामचन्द्रलाई बनबास पठाउन सक्ने ब्यक्ति हुन् र सम्पत्तिको भोग गर्न नसकिने थिए । भगवान रामचन्द्र आफ्नी रानी सीता अति पत्रि्रता भन्ने यथार्थ जानकारी हुंदा हुंदै प्रसुती हुने अवस्थामा निर्जन बनमा फाल्न लगाएका र पछि आफ्नै छोराहरुलाई समेत चिन्न नसक्ने शत्रुनाशी थिए । राजा नहुष्ले अर्काकी रानीलाई आफ्नो बनाउनको लागि महान् ऋषिमुनीहरुलाई बोकाउन लगाएर पनि लात्तिले समेत हान्ने अहंकारी थिए ।दुयाेधन हुन पाण्डवहरुलाई अनेक
छलकपट गरी बनवास पठाउन सक्ने र अरु देशका राजाहरुबाट समेत हारी अपमानित हुने थिए । भीष्म पिताम्ह थिए, जस्ले दे श विदेशका राजाहरु समेत भएको दुयाेधको सभामा आफ्नै नातिबुहारी द्रौपदीको फरिया फुकाली निर्वस्त्र पारी बेइज्ज गरेता पनि कुनै इन्साफ गर्न नसक्ने कायर थिए ।
युधिष्ठिर जस्ले जुवा -बारमासे) खेलीर् र्सवश्व हारी सके पनि फेरी जुवा खेली हारेर परिवारसहित बनबास जानु पर्ने,
सत्यवादी थिए ।त्यस्ता महापुरुषहरुको स्मरण गरी अक्षताको टिका लगाई संस्कृति बचाई राख्न सक्ने हामी नेपाली जनता हौं । फेरी नेपालीहरुले बडा दशैं मानीआएका कारण हुन ; शास्त्र, पुराण, कथादि अनुसार सृष्टिको
उषाकालदेखि देव दानवहरु बीचमा लडाइ भइरहन्थ्यो । अक्सर गरी देवगणहरु हार नै भइरहने हुनाले, उहाँहरुबाट महामाया भगवती प्रादुर् भाव गर्राई उनै भगवतीद्वारा महिषासु र, दै त्यादि सं हार गरिएको अवसरमा उत्सव मानी आएका आधार हुन ।
त्यसरी नै दे व-ऋषिमु निहरुलाई दानवहरुले घोर अत्याचारपूवक दुःख दिइरहने हुनाले देवताहरु एकजुट भइ
अम्बिकादि नवदर्ुगा उत्पन्न गर्राई उनै नवदुगाहरुबाट शुम्भ-निशुम्भ, चण्ड- मुण्डादि दानवहरु संहार गरिएको पनि
कुरा छन् । शास्त्रमा उल्लेख अनुसार, हिरण्याक्षले पृथ्वीलाई समुन्द्रमा लुकाई राखेकोले भगवान बराहज्युले ती हिरण्याक्षलाई अन्त्य गरको ।
हिरण्यकसिपुरले आफ्नै छोरालाई दुःख दिने गरीरहने हुनाले भगवान नृर्सिंहज्यूले हिरण्यकसिपुरलाई समाप्त पारिएको ।
दानवराज बलिराजालाई भगवान बामन ज्यूले लात्तिले हानी पातालमाधकेलिदिएको ।क्षत्रीय नाश गर्न भगवान परशुरामज्यूबाट पृथ्वीमा एक्काइस पल्ट सम्म चहारेको ।भगवान रामचन्द्रज्यूले लंकाको राजा रावणलाई संहार गरेको । भगवान श्रीकृष्णले दैत्यराज कंशलाई अन्त्य गरिएको, कौरव-पाण्डव बीच महाभारत लडाइ गराइ असंख्य सुरवीरहरु
स्वाहा हुन गएको आदि कुरा छन् । त्यस किसिमको घटना भएको सञ्जोगबस एकै तिथिमा हुन गएको कुरा पुराणमा भएको हुनाले त्यही कथादिको आधार लिइ आजसम्म हामीले बिजया दशमी मानी आएका हौं भन्छन् । फेरी अरु पनि भनाइ अनुसा हामी नेपालीहरुले दशैं पर्व -बिजया दशमी) हाम्रो संस्कार -संस्कृति) हुन, त्यसैले तीर्पर्व नमानी छोडिदिए भने आफुलार्इ मात्र होइन आफ्ना देशलाई समेत विभिन्न तरिकाको आपद, विपद आउन सक्ने भन्ने डर त्राश जस्ता हावादारी कुराको आधारमा र परम्परादेखि चली आएको संस्कृतिलाई अंगाली दशैं पर्व मानी आएको भन्ने कुराहरु पनि छन् । त्यसरी विभिन्न बहाना अंगाली दशैंर् पर्व मान्न हाम्रा नेपाल सरकारबाट अनेकन देव देवीहरु कहाँ, देशभरीका सिपाही, पुलिस आदिको , को त,ब्यारेकादिमा रहेका हातहतियार, संगीनबस्तुहरुमा पुजा गर्न चाहिने रकम
र पशुपन्छिहरु जति चाहिने हो त्यसको पनि चाहिने रकम प्रदान गरिन्छ ।र्धर्मको नामबाट जुन परम्परादेखि बडा दशैं मनाउन हिंसा कर्म गरी चलाइ आएको काम भन्दा हिंसा कर्म नगरी दशैं पर्व मान्न सके झन बढी -यथार्थ)र्धर्म लाग्छ भन्ने कुरा र्सवविदित हुन । तथापि अब उप्रान्त देव देवीको मन्दिर, ब्यारेक, कोत, आदि ठाउँमा दशैं पुजार्गर्न हिंसा कर्म गर्राई आएका व्यवस्थालाई हिंसा कर्म नगरी शुद्ध पुजा गर्नको लागि मात्र रकम निकासा सम्बन्धित निकायबाट स्वीकृति गर्नु होला भन्ने आशा लिइ देशकाजनताहरुको अनुरोध छ ।
पुनश्चः आजभोली २१ औ शदि भइसक्यो र बैज्ञानिक युग हो भन्ने यथार्थ कुरा थाहापाउँदा पाउँदै पनि हामी जस्तै मानिसहरुले निर्माण गरिएका बाइसाइकल, रिक्सा, मोटरसाइकल,मोटरकार मात्र हो इन हवाइ जहाज आदिसमेत) धर्मको नाममा बडादशंैको पुजामा निरपराधी पशु पन्छीहरुको बलि दिने कार्य कहाँ सम्मको न्यायोचित होला – माथि उल्ले खित व्यवहारलाई विचारपूवक हेरिएमा देखिन आउछ कि कसैले होस उल्लेखित बाहनहरु चलाउने-हाँक्ने) आदि मेसिन, पार्टपुजादि ठिक भइसके पछि हाँक्ने ब्यक्तिले होसियारपूवक हाँकिए भने कुनै पनि किशिमको दुघटना हुन जाला भन्न सकिंदैन । भने बाहनहरुको पार्टपुजा ठिक छ कि छैन भन्ने विचार नगरी ती बाहनहरुलाई एकचित्त भावबाट पुजा गरियो भन्दैमा घटना-दुघटना हुने छैन भन्ने कदापी भन्न सकिदैन !

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार

धरापको बिचैबीच जीवन

२०८२ बैशाख १ गते, सोमबार