साहित्यकार जगदिश घिमिरेको निधन

२०७० कार्तिक १४ गते, बिहीबार

काठमाडौ,१४ कार्तिक – आज बिहान बजे साहित्यकार जगदीश घिमिरेको निधन भएको छ । क्यान्सरबाट पीडित ६८ वर्षीय घिमिरेको ओम अस्पतालमा निधन भएको हो । घिमिरेको पार्थिव शरीरलाई केही बेरपछि पशुपति आर्यघाट पुर्याएर अन्त्येष्टि गरिने छ । घिमिरले एकमहिना यता ओम अस्पतालमा उपचार गराइरहेका थिए । घिमिरेको जन्म वि.स २००२ साल चैत २८ गते रामेछापको मन्थलीमा भएको थियो । उनका एक दर्जन साहित्यिक कीर्तिहरु प्रकाशित छन् ।मल्टिपल माइलोपा क्यान्सर भएपछि उनले लेखेको अन्तर्मनको यात्रा, लिलाम र साविती उपन्यास, बर्दी र जगदिशका कथा संग्रहहरु प्रसिद्ध छन् । उनको नाटक र कविता पनि संग्रह पनि प्रकाशित छ । ०६४ सालमा अन्तर्मनको यात्राले मदन पुरस्कार पाएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार

धरापको बिचैबीच जीवन

२०८२ बैशाख १ गते, सोमबार