महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०४ औं जन्मजयन्ती मनाइँदै

काठमाडौं, १७ कात्तिक । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज १०४ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।विक्रम संवत १९६६ सालको लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा उनको जन्म भएको थियो । १० वर्षदेखि नै कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएका छन् ।नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको मुनामदन खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिक्रि भएको पुस्तक हो ।