अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव आजदेखि

२०७० मंसिर २६ गते, बुधबार


काठमाडौं, २६ मंसिर – हिमाल एशोशिएसनको आयोजनामा हुन लागेको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव आजदेखि सुरु हुँदैछ । महोत्सवमा वृत्तचित्र, फिक्सन, छोटा चलचित्र, एनिमेसन र प्रयोगात्मक फिल्म गरी २० देशका ४० भन्दा बढी चलचित्र प्रदर्शन गरिनेछ ।काठमाडौंको राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे हुने महोत्सवको उद्घाटन सहारा शर्माको निर्देशन रहेको चेजिङ रेन्बोजको प्रदर्शनबाट हुनेछ । महोत्सवमा देखाइने फिल्मलाई अन्तर्राष्ट्रिय र नेपाल पानोरमा गरी दुई खण्डमा बाँडिएको छ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा रहेका चलचित्र मध्ये उत्कृष्ट तीनवटा चलचित्रलाई १५ सय, एक हजार र पाँच सय डलर पुरस्कार दिइनेछ । नेपाल पानोरमा उत्कृष्ट हुने वृत्तचित्रलाई ५० हजार र उत्कृष्ट फिक्सन चलचित्रलाई २५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ ।यस्तै दर्शकको मतका आधारमा एउटा चलचित्रलाई अडियन्स अवार्ड पनि प्रदान गरिने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार