इमेज अवार्ड आयोजना हुँदै
काठमाडौं, २९ मंसिर । नेपाली सांगीतिक जगतको महाउत्सव इमेज अवार्डको १५औं संस्करण आज राजधानीमा आयोजना हुँदैछ । राजधानकिो आर्मी अफिसर्स क्लबमा हुने समारोहको सबै तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।
२०६९ साल असार १ गतेदेखि २०७० साल जेष्ठ मसान्तभित्र सार्वजनिक भएका गीत, एल्बम तथा म्युजिक भिडियो मध्येबाट २० विधामा इमेज अवार्ड प्रदान गरिने छ । आजको विशेष कार्यक्रममा २० विधामा स्रष्टाहरुलाई इमेज अवार्ड प्रदान गरिनेछ । हरेक वर्षझैं यस पर्ष पनि २० विधामा मनोनयनमा परेकाहरु मध्येबाट निर्णायक मण्डलबाट र एसएमएसबाट प्राप्त मतका आधारमा विजेताको घोषणा गरिने छ । यस्तै, यस वर्ष नेपाली–गीत संगीतको विकासमा अनवरत योगदान पु¥याउँदै आएका सांगीतिक क्षेत्रका मूर्धन्य स्रष्टा वरिष्ठ गायक पन्नाकाजीलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिँदैछ । इमेज अवार्ड वितरण समारोह इमेज च्यानल, इमेज एफएम ९७.९ र इमेज न्यूज एफएम १०३.६ ले प्रत्यक्ष प्रसारण गर्ने छन् ।