नातिकाजी विशेष सङ्गीत सम्मान वितरणको तयारि हुदै
काठमाडौं,२ पुस – नातिकाजी स्मृति समाजले ९ जना श्रष्टालाई नातिकाजी पुरस्कारद्वारा सम्मान गर्नेभएको छ । समाजले यसवर्षको नातिकाजी विशेष सङ्गीत सम्मानबाट गीतकार राजेन्द्र थापा, गायक ध्रुव केसी र सङ्गीतकार शक्तिवल्लभ श्रेष्ठलाई सम्मान गर्ने जनाएको छ ।त्यस्तै नातिकाजी सङ्गीत पुरस्कारबाट गीतकार डाक्टर कृष्णहरि वराल, गायिका लोचन भट्टराई र सङ्गीतकार न्ह्यू वज्राचार्यलाई सम्मान गर्ने भएको छ । त्यसैगरि गीतकार वसन्त चौधरी, गायिका मिलन अमात्य र सङ्गीतकार हरि लम्साललाई नातिकाजी लोकप्रिय सङ्गीत पुरस्कार प्रदान गरिने समाजले जनाएको छ ।परस्कारको राशी ११ हजार १ सय ११ रहेको नातिकाजी स्मृति समाजका अध्यक्ष सम्भुजित बाँस्कोटाले जानकारी दिए । पुरस्कार प्रदान गर्ने मिति भने तय गरिएको छैन ।