पाल्पालीलाई सम्झेर – बैरागी जेठा
साहित्यकार, पत्रकार,कानुनी वकलात र प्राध्यापन कृया कलापमा सम्लग्न विजय पोखरेल विके पाल्पाली सँग मेरो प्रथम परिचय साहित्य सन्ध्या ल क्याम्पसमा भएको थियो । वि.सं.२०५५ सालतिर पाल्पाली कानुनी व्यवसाय तिर लागि सकेका थिए । मैले हाम्रो नागार्जुन साहित्यिक प्रतिस्ठानको कानुनी सल्लाहाकार का रूपमामनोनयन गरेको थिएँ । यसरी नै उनीसँग सम्बन्ध गाँसिएको थियो । पेरोल साहित्य प्रतिष्ठानको गठन उनी र म नै भएर गरेका थियौँ । उनी अध्यक्ष , म सचिव , रेनुका कोषाध्यक्ष रहेका थियौँ । मेरै कारण पाल्पाली र रेनुकाको चिन जान भएको थियो । संस्थाको कामकारवाही गर्दा दुवैजनाको पारिवारिक सम्बन्ध गाँसिनपुगेको थियो । त्यसैले वेला वेलमा रेनुकामलाई घुर्कि लगाउने गर्छिन ् । म मुसु मुसु हाँसी रहन्छु । म वि.सं. २५९ सालमा हनुमान ढोकाको हिरासतमा रहँदा यि दुवै दम्पत्तिले मलाई निकै सङघर्ष गरेर बचाएका थिए । एउटा मानविय सम्वेदन शलिता ,मानवीय कार्य थियो । यसरी उनको र मेरो घनिष्टता रहेको । हाम्रा वैचारिक सवालमा केही मत मतान्तर भए पनि प्राय हामी सँगै हुने गथ्र्यौ । पाल्पालीले परिवारले आफ्नै पारिवारिक सदस्य ठान्दै आएका छन् । हरेक कृयाकलापमा मलाई बोलाउने गर्थे । मलाई नबोलाई उनिहरूलाई चित्तबुझ्दैन थियो । हामीमा साहित्यले देशलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने भावनामध्ये पाल्पालीपनि हुन् । म उनिहरूको परिवार देखेर निकै उत्सुक रहने गर्छु । म हिरासतमा रहुन्जेल सम्म उनीहरूले हनुमान ढोका छोडेनन् । यो निकै गौरवको कुरा थियो । म उग्र स्वभावको थिएँ , उनलाई त्यो स्वभाव मन पर्दैन थ्यो । उनी मेरा सृजनाहरू कमजोर भएका ठान्थे ,म अलि असजिलो मान्ने गर्थेँ । केही कुरामा विमती जनाउँ थे भने कुनै कुरामा सहमती पनि जनाउने गर्थेँ । यसरी नै हाम्रो यात्रा चलिरहेको छ । म प्राय बालाजु बाट हिँडेर नै उनको कोटेश्वर डेरामा जाने आउने गर्थे । उनले फोन गरिरहन्थे । उनले लगाएका पुजाहोस् या अन्यकुनै प्रोगाममा बोलाइनै रहन्थे । रेनुकालाई मैले आफ्नै बहिनी सहर मान्ने गर्थे ,उनले जनक शिक्षामा कामगर्दा देखिनै । उनले आफ्नै दाजुको जस्तो व्यवहार गर्थीन , यसले गर्दा पनि हाम्रो यात्रालाई मजबुत बनाएको हुनु पर्छ । उनीहरूले नेपालबोडर मासिक र साप्ताहिकमा आउन्जेल लेख्न अनुरोध गरिरहेका हुन्थे भने लेखनीमा पनि उत्तिकै बहस हुने गर्थे । मेरो पाल्पालीका परिवार सँगमात्र हैन उनिहरूका दुबैतर्फका पारिवारिक सदस्यहरूसँग मेरो राम्रै सम्बन्ध रहि आएको छ । उनीहरू जो कोही बिरामी भएपछि मलाई फोन आउने गथ्र्यौ । एक दिनको कुराहो बागबजारको खसिबजारमा अफिस सरेपछि प्राय भेट भइनै रहन्थ्यो । एक्कासी फोन गरिन् दाइ उहाँ विरामी हुनु हुनुहुन्छ । मैले सिभिल अस्पताल बाट फोन गरेको ,उनीहतारिएर फोन गरि रहेकी थिइन् । म झस्याङ भएँ , नयाँबानेश्वरको बाटो तताएँ ,केही मिनेटको हिँडाइ पछि अस्पतालको दक्षिण पट्टि रहेको बेडमा सुतिरहेका देखेँ र हत्तासिएर मैले के भो भन्नपुगे छु । पाल्पालीका आँखा रातै थिए । रेनुका मौन चुपचाप थिइन , उनका आँखाहरू रसाएका थिए । मैले जाने नजाने पनि रुनु हुन्न भने । मपनि एउटा अल्लारे केटो नहुँ सबै कुरा मलाई के थाहा । आकाश बाट पानि परिहेको थियो । अन्य साहित्यकारहरू पनि आउने जाने क्रमचलिरहेको थियो । त्यसै बखत गजलकार दिव्यगिरी आइपुगेका थिए । उनी पनि हतारमै थिए । म पनि केही समय बसेर फर्किएँ । केही दिनमा डिस्चार्ज हुने समाचार सुनाएका थिए । समयले कोल्टे फेर्दै थियो ,त्रिविशिक्षण अस्पतालबाट फेरि अकस्मात फोन आयो हामी त यहाँ छौँ दाइ ,पन्ध्र दिन भयो ,मसँग कुनै जवाफ थिएन । कवि अन्जना पौडेल र पाल्पालीका दाजुसँग भेट भएको थियो । उनक दाजु सँग निकै भाला कुसारी गरेँ ,निकै समय बसेर म बालाजु फर्के । फेरि फोन आयो दाइ हामी भारतको मेदान्त अस्पताल जाँदै छौँ भनिन् रेनुकाले । राम्रो सँग जानु आत्तिनु पर्दैन भने । भारत गएको पनि धेरै भइसकेको थियो सम्र्पक थिएन । मैले रेणुकाको अफिसमा गएर मिरा अधिकारी बहिनीसँग फेन नं. मागेर मिराकै अगाडी आफ्नै मोवाइलबाट भारतीय निम्बरको फोनमा डायल गरेँ ,उनी फोनमै बरर रोइन ,म सँग कुनै जवाफ फर्काउने शत्ति ऊर्जा थिएन । दाइ रुँदै भनिन् अस्पस्ट स्वरमा हामी नेपाल आउँदै छौँ । उहाँको सुघर निकै बढेकाले उपचार गर्न कठिन भयो । डाक्टरले छ महिना सम्म बस्नु पर्छ भनेको छ । मैले अलिकति धनजम्मा गरेर ल्याएको थिएँ ,त्यो सबै सकियो । म,के गरुँदाइ ,मेरो भविष्य अन्धकारमय हुने भयो । मेरी छोरीको पनि पढाइ बिग्रने भयो ,म के गरुँ दाइ उनको निरन्तर रुवाइले मलाई सम्वेदनशील बनाइ रहयो । उनी छातीमा मुड्की बजारि रहेकी थिइन ,तैँले गर्दा भनि रहेकि थिइन ,मेरो काम सुनी रहनु थ्यो जवाफ दिन सक्ने तागत उनको आँसुसँगै बगिरहेको थियो । उनीहरू एक महिनाका लागि नेपाल आए ,मलाई फोन आयो हामी काठमाण्डौ आइ पुगेका छौँ । मेरो काम थिएन फुर्सत पनि थिएन जानेमन हुँदाहुँदै पनि म जान सकि रहेको थिइन मेरो गम्भिर त्रुटि थियो त्यो । आत्म आलोचना गर्दै एक दिन शनिवार बिहान जुरुक्क उठेर माछा पोखरीबाट बस चढेर कोटेश्वर तिर लागेँ । गैरी गाउँ तिनकुने ओर्लिएर कान्पिुरको अफिस हुँदै बाग्मतीको किनारैकिनार उनको कोठापट्टि लागेँ । कोठामा मित्र कानुन व्यवसायी गोपाल श्रेष्ठ म भन्दा पहिल्यै पुगि सकेका रहेछन् । उनले आफ्ना कुराहरू राखिरहेका थिए । गोविन्द चौलागाइ म पुगेपछि फोन गरे गोपालले । पाल्पाली पनि दुबैजना पुराना साथि रहेछन् । हुन त मलाई पहिलानै थाहा थियो । गोपाललाई देखेर म खुशी भएँ । म पुगे लगतै केही समय गोपाल त्यहाँबाट बाहिर निस्कन्छन् र म बसिरहेको हुन्छु । उनको बोली फुट्यो मलाई देखेर । मैले मेरो घुर्ची कविता सङग्रह देखाएँ । मुस्कुराए ,म पनि मुस्कुराएँ । केही सल्लाहदिए ,मैले मुन्टो हल्लाएँ । उनको औषधी खाने समय भएको रहेछ , औषधी खाएको केही सेकेण्डमै उनी बेहोस भए । बोल्नु चाल्नु हुँदो रहेन छ औषधीले ,दिन भर सुतिरहे बोलचाल हरायो म बेलुका छ बजेसम्म बसेँ । रेनुकाले चार बजे पत्रकार साथीहरूसँग भेटघाट कार्यक्रम छ भनिन् उठेको मानिस फेरि त्यहीँ बसिरहेँ । समयले नेटो काट्दै थियो ,पत्रकार साथिहरू आए ,अनन्तवाग्ले ,अखण्ड भण्डारी ,गोपिकृष्ण ढुङगाना ,मैले नचिनेका तिन जना साथीहरू रेणुकाले रुँदै भनिन् ,मेदान्त अस्पतालका रीपोर्टहरू पनि देखाउँदै गइन् र अनलाइनमा प्रकाशित समाचारहरूको फोटोकपी पनि वितरण गरिन ,उनीहरू पनि रेनुकाको आँसुबाट प्रभावित भए मैले धेरै पटक सम्झाएँ तर उनको आँसुका धारा रोकन सकिएन ,ती साथीहरू बाहिर गइ सकेपछि एभिन्यूजका साथिहरू आइपुगे उनीहरूसँग पनि भाव विहिल भएर रोइन साथीहरूले तस्वीर खिचेर भोलिपल्ट मात्र प्रसारण गर्ने आसवासन दिएर गए म बसिरहेको थिएँ , पत्रकार महासंघका सचिव जगत नेपाल आइपुगे ,टोलका साथीहरू पनि आए धेरै वेर कुराकानी भए त्यसपछि जगतको मोटरसाइकल सम्म पुतली सडकमा आयौँ । मलाई त्यहाँ छोडेर उनी आफ्नो कोठा तिर लागे । समय वित्न धेरै समय लाग्दो रहेनछ । त्यहाँ गएको एक हप्ता भन्दा बढी भइ सकेछ । समस्या माथि समस्या धेरै छन् । छोरी बानेश्वरको भिएस निकेतनमा कक्षा छ मा अध्ययनरत छिन् । बाबा बिरामी भएकाले उनका मनमा धेरै कुराहरू खेली रहेका हुनु पर्छ । बा आमा नभए पछि उनलाई कता कता असजिलो भएको भान भइरहे छ तर अभिब्यक्ति दिन सक्दिनन् । आमाले बाबाको उपचार गर्न भारतको मेदान्त अस्पताल जानु छ । मामाघर साँगा भएपनि सबै जनाको व्यस्तताको कारण उनीसँग घुलमिल हुन सक्ने बाताबरण छैन , घर पट्टि पनि त्यस्तै छ । घर निकै टाढा छ । आउने जाने समस्याले गर्दा उनको पढाइमा असर पर्ने देखिन्छ । रेनुकालाई धेरै सकसहरू खप्नुपरेको छ । साहित्यकार ,पत्रकार,समाज सेवीहरूलाई भेट्नु छ । डाक्टरहरूसँग परामर्स लिइरहनु छ । कोठामा भेट्न आएका साथी भाइहरूलाई पनि सत्कार गर्नु परेको छ । पाल्पालीलाई बचाउन आफू एउटा मृगौला दिनतयार भएको उजगार गरि रहेकी छन् । आर्थिक अभाव यतिवेला निकै खट्किएको छ । विसवाइस लाख रूपयाँ जुटाउनु परेको छ । त्यसो भन्दाभन्दै पाल्पालीलाई सुघर बढेकाले पनि उपचार गर्न कठिनाइ भइरहेको छ । जीवनको भोगाइ अनौठो हुँदो रहेछ । रेनुकाको साहसलाई मैले सम्मान गरेको छु । उनी पत्रकार महासङघ काठमाडौको महिलाकोटा सदस्यमा अत्यधिक मत ल्याएर जितेकी थिइन । उनको प्रस्तावक मनै बसेको थिएँ । यिनै बातावरणहरूले हामीलाई उभ्याएको छ । म सुनिरहने परेँ ,म सँगपनि आर्थिक अभाव छ । कितावमालगानी गरेको पैसा उठाउन सकि रहेको छैन । मैलै व्यक्तिगत आर्थिक सहयोग गर्न नसक्ने स्थितिमा छु । यस्तो अवस्थामा सहयोग गर्न नसक्नु पनि एउटा ठूलो अपराध रहेछ भन्ने लागि रहेछ । जे होस् हामी सबै मिलेर पाल्पालीलाई बचाउने अभियान चलाऔ भन्ने आग्रहगर्न चाहन्छु आफ्नो लेखबाट ।