मार्क्सवादी प्रकाशनमा कोशेढुङ्गाः क्रान्ति र बिद्रोह : खेम थपलिया

२०७० पुष १३ गते, शनिबार


२१ औँ शताब्दीको नेपाली परिवेशमा नयाँ जनवादी क्रान्तिको लागि नयाँ नयाँ दर्शन, सिद्धान्त र राजनीतिका पुस्तकहरूको बढीभन्दा बढी आवश्यकता हुन्छ । हरेक आन्दोलनलाई नियालेर हेदा पनि इतिहासका विभिन्न कालखण्डमा भएका क्रान्तिहरूलाई आज बजारमा उपलब्ध विभिन्न पुस्तकहरूबाट पढ्न पाइन्छ । राम्रो व्यक्ति, समाज र देश निर्माण गर्न महत्वपूण् पुस्तकहरूको आवश्यकता पर्दछ । हरेक किसिमका पुस्तकहरूले मानिसलाई केही न केही ज्ञान त दिन्छ तर हामीले मुख्य कुरा त समाज रूपान्तरण र देशको आर्थिक उन्नतिका लागि राम्रो विचार, सिद्धान्त भएको पुस्तक पढ्ने गर्नुपर्दछ । नेपालको सर्न्दर्भमा भन्ने हो भने नेपाली कम्युनिष्ट आन्दोलनका एक दार्शनिक कमरेड हस्तबहादुर केसीद्वारा लिखित ‘क्रान्ति र व्रि्रोह’ नामक पुस्तकको प्रकाशन गौरवको विषय हो । यसले नेपाली नयाँ जनवादी क्रान्तिमा महत्वपूण् भूमिका निर्वाह गर्नेछ ।
नेपाल कम्युनिष्ट पार्टीीाओवादीका केन्द्रीय सल्लाहकार समेत रहनुभएको हस्तबहादुर केसी एक सिद्धहस्त मार्क्सवादी लेखक हुन् । प्रस्तुत कृतिमा ६३ ओटा लेखहरू समावेश गरिएका छन् । यी लेखहरू दर्शन, राजनीति, क्रान्ति र सङ्गठनसित सम्बन्धित छन् । यहाँ समावेश गरिएका लेखहरूको मूल संरचनात्मक विशेषता के छ भने यी विषयवस्तुको सैद्धान्तिक, ऐतिहासिक र समसामयिक सर्न्दर्भलाई र्स्पर्श तथा विश्लेषण गर्न र्समर्थ रहेका छन् । यस कृतिको मूल उद्देश्य सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिले मार्क्सवादलाई बुझनु तथा बुझाउनु र क्रान्तिका लागि आधार तयार पार्नु रहेको देखिन्छ । प्रस्तुत पूतको भूमिका लेख्दै नेकपा-माओवादीका अध्यक्ष किरणले भन्नुभएको छ- “यो कृति वर्तमान नेपाली क्रान्ति एवम् जनताले झेल्दै आउनुपरेका राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या, देशको अग्रगामी राजनीतिक निकासको प्रश्न, नेपाली नयाँ जनवादी क्रान्ति तथा महान् जनयुद्धको प्रक्रियामा नेपाली कम्युनिस्ट आन्दोलनमा विद्यमान दक्षिणपन्थी संशोधनवादद्वारा गरिएको गम्भीर विश्वासघात एवम् धोका र नेपाली क्रान्तिको सफलताका लागि क्रान्तिकारी कम्युनिष्टहरूले खेल्नुपर्ने भूमिका लगायतका विषयहरूमा पनि सङ्केन्द्रित बन्न पुगेको छ । आज विश्व र नेपालमा पनि क्रान्ति सम्पन्न गर्नका लागि दक्षिणपन्थी संशोधनवाद गम्भीर चुनौतीका रूपमा खडा भएको छ । नेपाली नयाँ जनवादी क्रान्ति र महान् जनयुद्धप्रति गम्भीर विश्वासघात गर्दै र धोका दिंदै नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी) भित्रको नेतृत्वको एउटा हिस्सा वर्गदुश्मनको कित्तामा सामेल भएको परिघटनाले नेपाली मात्र होइन, विश्वका जनतालाई नै स्तब्ध तुल्याएको छ । यस स्थितिलाई गम्भीरतापरूवक आत्मसात् गर्दै प्रस्तुत कृतिमा कमरेड केसीले नवसंशोधनवादको रूपमा देखापरेको दक्षिणपन्थी संशोधनवादको सशक्त विरोध तथा भण्डाफोर गर्नुभएको छ ।” पुस्तकबारे उहाँको थप कथनोक्ति छ- “स्थापित मार्क्सवादी लेखक हस्तबहादुर केसीद्वारा रचित यो कृति निकै विस्तृत र सूक्ष्म, गहन र सरल, शास्त्रीय र व्यावहारिक, ऐतिहासिक र सैद्धान्तिक लगायत अनेकौँ विशेषताहरूले युक्त रहेको छ । मार्क्सवादी सिद्धान्त, विश्व तथा नेपाली कम्युनिष्ट आन्दोलन र विश्वक्तान्ति तथा नेपाली क्रान्तिलाई एकैचोटी बुझन चाहनेहरूका लागि यो कृति निकै उपयोगी र संग्रहणीय रहेको छ । यस कृतिमा हिन्दी भाषाको ‘गागर मेें सागर’ भन्ने उखान राम्रोसित चरितार्थ हुन पुगेको छ । वस्तुतः केसीद्वारा रचित यो कृति मार्क्सवादप्रतिको अगाध निष्ठा र क्रान्तिकारी आशावादको सुन्दर सङ्गम बन्न गएको छ । यो क्रान्ति र जनमुक्तिप्रतिको निष्ठामा आधारित एक गहन कृति हो ।”
आफ्नो प्रस्तुत कृतिबारे लेखकको स्पष्टोक्ति रहेको छ- “प्रस्तुत पुस्तकमाा विशेष गरी विश्व कम्युनिष्ट आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलन, मार्क्सवादको जन्म, विकास र प्रयोग, विश्व र्सवहारावर्गका महान् नेताहरूको योगदान, मार्क्सवादी दर्शनले ल्याएको क्रान्ति, मार्क्सवादी ज्ञान सिद्धान्त, द्वन्द्वात्मक भौतिकवादका आधारभूत सिद्धान्त र नियमहरू, मालेमावादको रक्षा, विकास र प्रयोग, विश्वमा सम्पन्न भएका जनव्रि्रोहहरू, संशोधनवादको जन्म र विकास, नवसंशोधनवादसित सम्बन्ध विच्छेदबारे, जनयुद्धको जगमा जनव्रि्रोह, जनमुक्ति सेनाको विलयको प्रश्न, जनव्रि्रोह र नेपाली क्रान्ति, नेपाली क्रान्तिको कार्यदिशा सशस्त्र सङ्र्घष्ा, क्रान्ति र व्रि्रोह, दक्षिणपन्थी संशोधनवाद नेपाली क्रान्तिको वाधक लगायत ६३ ओटा शर्ीष्ाकहरू समावेश गरिएको छ ।” पुस्तकबारे हस्तबत्रहादुर थप भन्नुहुन्छ- “प्रस्तुत पुस्तकमा क्रान्ति र व्रि्रोहका प्रश्नहरूमा विशेष ध्यान दिने प्रयास गरिएको छ । क्रान्ति र व्रि्रोह परस्पर अर्न्तर्सम्बन्धित विषय हुन् । क्रान्ति र व्रि्रोहका बिच द्वन्द्वात्मक सम्बन्ध हुन्छ । क्रान्तिका बिचबाट व्रि्रोहको विकास हुने गर्दछ भने व्रि्रोहको माध्यमबाट क्रान्ति सम्पन्न गर्न सकिन्छ । क्रान्तिकारी कम्युनिस्टहरूले संशोधनवादीहरूका विरूद्ध पार्टीीत्र पनि व्रि्रोह गर्न आवश्यक हुन्छ भने प्रतिक्रियावादी राज्यसत्ताका विरूद्ध पनि व्रि्रोह । यहाँ समावेश गरिएका लेखहरूमा विशेष गरेर नेपाली नयाँ जनवादी क्रान्ति, विश्व तथा नेपाली कम्युनिष्ट आन्दोलन, वर्गसङ्र्घष्ा तथा अर्न्तर्सङ्र्घष् वा दुइलाइन सङ्र्घष्, पार्टीीथा क्रान्तिका विविध समस्याहरू पार्टर्ीी कार्यदिशा नीति तथा कार्यक्रम, कार्ययोजना लगायतका मान्यतामा आधारित विषयहरू यस पुस्तकमा समेटिएका छन् । जनयुद्धको जगमा जनव्रि्रोह मार्फ नेपाली क्रान्ति सम्पन्न गर्ने कार्यदिशा पार्टर्ीी निर्ण्र्ाागरिसकेको वर्तमान अवस्थामा क्रान्ति र व्रि्रोह नामक यो पुस्तक ज्यादै उपयोगी हुनेछ भन्ने अपेक्षा गरेको छु ।”
प्रकाशनका क्रममा केही प्राविधिक सीमा रहन गएको भए पनि प्रस्तुत पुस्तक नेपाली मार्क्सवादी प्रकाशनको इतिहासमा एउटा कोशेढुङ्गा बन्न पुगेको कुरामा दुइमत छैन । हामी अहिले यति मात्र आशा गरौँ कि नेपाली कम्युनिस्ट आन्दोलनमा तीब्र रूपमा स्खलित भैरहेको विचारधारालाई स्खलनको त्यो गर्तबाट जोगाउन यस्ता महत्वपूण् कृतिहरू निकै कामायावी हुन्छन् । त्यसैले आदरणीय हस्तबहादुर केसीको लेखनको यो यात्राको निरन्तरता कामना गर्नु सान्दर्भिक नै हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार

धरापको बिचैबीच जीवन

२०८२ बैशाख १ गते, सोमबार