साँस्कृतिक चेतना परिवर्तन र जनयुद्ध –वैरागी जेठा

२०७० पुष २९ गते, सोमबार


हाम्रो वर्ग सङ्घर्षले केही युद्ध विजय प्राप्त ग¥यो , तर सबै तत्त्वहरू परिवर्तन भने गर्न सकेन । हामीले सबै तत्त्वहरूलाई निमूर्ल पार्न सक्नुपथ्र्यो । इतिहास कहिल्यै दोहोरीँदैन । युद्धको इतिहास यस्तै छ ,युद्धको सभ्यतालाई हामीले जोगाउन नसक्दा साँस्कृतिक चेतना परिवर्तन गर्न सकेनौँ । हाम्रो कम्युनिष्ट इतिहास यस्तै छ । हामीले भौतिकवादका कुरा उठायौँ ,मानिसका चरित्रहरू बदल्न सकेनौँ । आदर्शका कुरा गरिरहयौँ तर व्यवहारिकता बन्न सकेनौँ । सामाजिक साँस्कृतिक रुपान्तर दृष्टिको विपरीत उभिने विचारधारा ऐतिहासिक आदर्शवादको डम्फू बजायौँ । हामी हाम्रा भ्रमहरूलाई मिल्काउन सकेनौ र व्यक्तिवादी चरित्रमा उभिन पुग्यौँ भन्ने लाग्छ । व्यक्तिवादी चरित्रलाई उकास्न हामी वर्गहरू रवर्ग सङघर्ष लिएर स्पाती मैदानमा उत्रिएका थिएनौ । केही फोहरी चरित्र भएका मानिसहरूले हाम्रा युद्धहरूको ठाडै अपमान गर्न कम्मर कसेर लागेको पाइयो । जनयुद्धको व्यवहार यस्तो हुनु थिएन । युद्धले आफ्ने विचारमा विशिष्ट वर्गको छाप बोकेर हिँडेको हुन्छ । हाम्रो पार्टीको नीति रकार्यनीति पार्टीका ज्यानहुन भन्ने कुरा कार्यकर्ता र नेताहरूले बिर्सिए ,पार्टीको माथिल्लो बर्गले सबै स्तरका कार्यकर्ताहरूलाई गोडमेल गर्न सकेन । संगठन भित्रका लापरवाहीले गर्दा दस वर्सको जनयुद्धलाई अपहेलित गर्न पुग्यो । हामीले उठाएका आवाज रपरिर्वतनहरूलाई नेतृत्त्व वर्गले कुल्चियो र हामीलाई पिडादायी बनायो ।
जनयुद्धले ऐतिहासिक ज्ञान दिएको थियो । कार्यकर्ताको अज्ञान रनेतृत्त्व वर्गको मूर्खाइले नेपाली जनता र सामाजिक,साँस्कृतिक रुपान्तरण गर्न कठिन बनायो । हामीले यो सोचेका थिएनौँ । कार्यकर्ताहरूको शक्तिलाई गौँण ठान्यौँ ,त्यसैले गर्दा हाम्रो क्रान्मिा धक्का लाग्न गयो । तीनका जीवन यापनलाई पनि सम्बोधन गर्न सकेनौँ ,जो हामीले सम्बोधन गर्नु पथ्र्यो । व्यक्तिगत स्वार्थमा लुटपुटिँदा वर्गसङ्घर्ष रोकिन गयो । हामीले ,हाम्रो पार्टीले व्यक्तिगत स्वार्थ त्यागेर सामूहिक राष्ट्रिय स्वार्थमा जुट्न सकेको भए हामीले चाहेको साँस्कृतिक रुपान्तरण गर्न सक्थ्यौँ । जब सम्म पार्टी भित्र व्यक्ति स्वार्थका कुरा लागुहुन्छ तब सम्म कुनै परवर्तन गर्न सक्दैनौ भन्ने मलाई लाग्छ । क्रान्ति गर्न पनि पूँजिचाहिन्छ ,पूँजि बिना क्रान्ति पनि अधुरो रहन्छ । पूँजीलाई व्यवस्थित गर्ने पार्टी प्रशासन बलियो हुन आवश्यक छ ।
देशको साँस्कृतिक रुपान्तरण गर्न नेता रकार्यकर्ताहरूमा अनुशासनको चेतना हुन आवश्यक पर्छ । युद्धको पनि आफ्नै अनुशासन हुन्छ । हामीमा त्यो अनुशासन रहन सकेन र हाम्रो बर्गीय लडाई खासै सफल हुन सकेन भन्ने लाग्छ । अबका दिनमा हामीले सहज बुद्धि लगाउँदै अगाढि बढ्न सक्यौ भने मात्र एउटा उच्चाइमा पुग्न सक्छौँ । सुन्दर कम्युनिष्ट हुन र राष्ट्रको पहिचान जोगाउन सङ्गठनको प्रशासनिक कदमलाई दृढतापूर्वक पालना गरिनुपर्छ । हामीले चाहेको साँस्कृतिक रुपान्तरण गर्न । हामी नेपालीहरूले अक्टुवर क्रान्तिलाई आत्मसात् गरेकाछौँ त्यसरी नै फागुन एकलाई हामीले वर्षको उत्सव पर्व र संस्कारका रूपमा हुर्काउन र मनाउने कार्य गरिनुपर्दछ । यसरी मनाउँदै गयौँ भने विस्तारै विस्तारै नेपाली समाजलाई नयाँ संस्कृति रपर्वका उत्सव परिवर्तन हुँदै जाने छन् । त्यसो गर्न सकिएन भने हाम्रो समाजलाई परिवर्तन गर्न सक्दैनौ । जनयुद्धका मागलाई सर्वप्रथम सम्बोधन पार्टी प्रशासनले गर्नु आवश्यक रहेको देखिन्छ यतिवेला ! फागुन १लाई राष्ट्रिय उत्सव मनाउन प्रत्येक वर्ष राष्ट्रिय विदा हुनु पर्छ ।नेपालीजनक्रान्तिको
धर्म संस्कृति जग बसाल्नु नै एउटा साँस्कृतिक क्रान्ति हो भन्ने हामीले ठान्नु पर्छ ।हामीले हाम्रा चेतनाहरूलाई बेच्न हुन्न । हामीले बेच्यौ भने हाम्रा युद्धको स्वाधिनतालाई असम्भव बनाउँ छ । हामीले ुद्धको वैधानिक तन्त्रद्वारा साधारणरूपमा सामाजिक,आर्थिक,साँस्कृतिक परिवर्तन गर्न सकिन्छ । हामी समाजवादीहरूले गम्भिर भएर सोच्नु पर्ने भएको छ तर यहाँ त्यसो हुन सकिरहेको छैन । धेरै मानिसहरूको विचारलाई हाम्रो संगठनमा अटाउन सक्नुपर्छ रपरिमार्जन गर्नुपर्छ अनि मात्र हामीहरूले क्रान्तिकारी साधनलाई अपनाउनु पर्छ । नेपालमा हाम्रालागि यो तर्क उर्जा शील हुने छ । हामी सँग वैधानीक साधन हुनु पर्छ । वैधानीक साधनले मात्र हाम्रा पार्टी ,संगठन, किसान,मजदूर, विद्याथी, बालबालिका, युवा युवती, महिला पुरुष , जाति जनजातिहरूलाई परिवर्तन गर्न सकिन्छ । परिवर्तनको विचारलाई त्यागेर भाग्यको भरोसाका कुरा गरेर हैन हामीले व्यवहारिक बन्नु पर्ने काम उत्तिकै छ । हामीले व्यक्तिवादी कार्यलाई बन्द गर्न सक्नु पर्छ । पाँच वर्ष देखियता व्यक्ति स्वार्थका कृयाकलापहरू अघि बढेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार

धरापको बिचैबीच जीवन

२०८२ बैशाख १ गते, सोमबार