क्रान्ति र जनमुक्तिको निष्ठामा आधारित गहन कृति “क्रान्ति र बिद्रोह ” – मोहन वैद्य ‘किरण’

नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रीय सल्लाहकार हस्तबहादुर केसी एक सिद्धहस्त लेखकका रुपमा सुपरचित रहिआउनु भएको छ । दर्शन र राजनीतिको क्षेत्रमा उहाँका कैयौं पुस्तकहरू प्रकाशित भइसकेका छन् । हालै उहाँको क्रान्ति र व्रि्रोह शीषकमा एउटा नयाँ पुस्तक प्रकाशित भएको छ । प्रस्तुत कृतिमा पैंसठ्ठी ओटा लेखहरू समावेश गरिएका छन् । यी लेखहरु दर्शन, राजनीति, क्रान्ति र संगठनसित सम्बन्धित छन् । यहाँ समावेश गरिएका लेखहरुको मूल संरचनात्मक विशेषता के छ भने यी विषयवस्तुको सैद्धान्तिक, ऐतिहासिक र समसामयिक सर्न्दर्भलाई र्स्पर्श तथा विश्लेषण गर्न र्समर्थ रहेका छन् । यस कृतिको मूल उद्देश्य सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिले मार्क्सवादलाई बुझ्नु तथा बुझाउनु र क्रान्तिका लागि आधार तयार पार्नु रहेको देखिन्छ ।
कमरेड केसीद्वारा रचित यस पुस्तकले विषयवस्तुको बृहत् क्षेत्र र परिधिलाई ओगटेको छ । यहाँ एकातिर मार्क्स, एङ्गेल्स, लेनिन, स्तालिन, माओ र चे जस्ता क्रान्तिकारी नेताहरुका सैद्धान्तिक तथा व्यावहारिक योगदानहरुबारे सूत्रबद्ध रूपमा जानकारी गराइएको छ भने अर्कोतिर सिद्धान्त, राजनीति र दर्शनको क्षेत्रमा महत्त्वपूण् योगदान दिंदै आएका मार्क्सपूवका विभिन्न विचारकहरुलाई पनि समेटिएको छ । यहाँ एकातिर प्राचीन रोममा स्पार्टाद्वारा सम्पन्न दासव्रि्रोहदेखि पान्सेली राज्य क्रान्तिका योद्धाहरु एवं महान् पेरिस कम्युन निर्माता र योद्धाहरू हुदै हालसम्मका क्रान्तिकारीह/द्वारा सम्पन्न व्रि्रोहहरुलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ भने अर्कोतिर नेपालमा सम्पन्न हुँदै आएका अनेकौं जनआन्दोलन, व्रि्रोह तथा नेकपा -माओवादी) द्वारा सञ्चालित महान् जनयुद्धको परिघटनालाई पनि समावेश गरिएको छ । त्यसैगरी, यहाँ एकातिर विश्वकम्युनिस्ट आन्दोलनका समस्या, संगठन, नेतृत्व, कार्यदिशा जस्ता विषयबारे उल्लेख गरिएको छ भने अर्कोतिर तिनै विषय र समस्यालाई नेपाली सर्न्दर्भसित पनि मूतीकृत रुपमा जोडेर हेरिएको छ । प्रस्तुत कृतिको केन्द्रीय उद्देश्य सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद तथा दक्षिणपन्थी संशोधनवादको सशक्त विरोध र मार्क्सवाद-लेनिनवाद-माओवाद, र्सवहारा अन्तर्राट्रयतावाद, नयाँ जनवाद, समाजवाद तथा साम्यवादको दृढ पक्षपोषण गर्नु रहेको छ ।
यो कृति वर्तमान नेपाली क्रान्ति एवम् जनताले झेल्दै आउनुपरेका राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या, देशको अग्रगामी राजनीतिक निकासको प्रश्न, नेपाली नयाँ जनवादी क्रान्ति तथा महान् जनयुद्धको प्रक्रियामा नेपाली कम्युनिस्ट आन्दोलनमा विद्यमान दक्षिणपन्थी संशोधनवादद्वारा गरिएको गम्भीर विश्वासघात एवम् धोका र नेपाली क्रान्तिको सफलताका लागि क्रान्तिकारी कम्युनिष्टहरुले खेल्नुपर्ने भूमिका लगायतका विषयहरुमा पनि संकेन्द्रित बन्न पुगेको छ ।
आज विश्व र नेपालमा पनि क्रान्ति सम्पन्न गर्नका लागि दक्षिणपन्थी संशोधनवाद गम्भीर चुनौतीका रुपमा खडा भएको छ । नेपाली नयाँ जनवादी क्रान्ति र महान् जनयुद्धप्रति गम्भीर विश्वासघात गर्दै र धोका दिंदै नेपाल कम्युनिष्ट पार्टीमाओवादी) भित्रको नेतृत्वको एउटा हिस्सा वर्गदुश्मनको कित्तामा सामेल भएको परिघटनाले नेपाली मात्र होइन, विश्वका जनतालाई नै स्तब्ध तुल्याएको छ । यस स्थितिलाई गम्भीरतापूवक आत्मसात् गर्दै प्रस्तुत कृतिमा कमरेड केसीले नवसंशोधनवादमा देखापरेको दक्षिणपन्थी संशोधनवादको सशक्त विरोध तथा भण्डाफोर गर्नुभएको छ ।
स्थापित मार्क्सवादी लेखक हस्तबहादुर के.सी.द्वारा रचित यो कृति निकै विस्तृत र सूक्ष्म, गहन र सरल, शास्त्रीय र व्यावहारिक, ऐतिहासिक र सैद्धान्तिक लगायत अनेकौं विशेषताहरुले युक्त रहेको छ । मार्क्सवादी सिद्धान्त, विश्व तथा नेपाली कम्युनिष्ट आन्दोलन र विश्वक्रान्ति तथा नेपाली क्रान्तिलाई एकैचोटी बुझ्न चाहनेहरुका लागि यो कृति निकै उपयोगी र संग्रहणीय रहेको छ । यस कृतिमा हिन्दी भाषाको “गागर मेें सागर” भन्ने उखान राम्रोसित चरितार्थ हुन पुगेको छ । वस्तुतः केसीद्वारा रचित यो कृति मार्क्सवादप्रतिको अगाध निष्ठा र क्रान्तिकारी आशावादको सुन्दर सङ्गम बन्न गएको छ । यो क्रान्ति र जनमुक्तिप्रतिको निष्ठामा आधारित एक गहन कृति हो ।
आज नेपालमा साम्राज्यवादी व्यवहारवाद को जबर्जस्त हस्तक्षेप र दक्षिणपन्थी संशोधनवादको तीव्र हैकमको कारण मार्क्सवादको सैद्धान्तिक अध्ययन र सिर्जनशील प्रयोगको प्रश्नमा नयाँ युवाहरुको रुचिलाई विकषिर्त गर्ने र उपभोक्तावादी विकृतिलाई आकषिर्त तुल्याउने निकृष्ट प्रकारको षड्यन्त्र भइरहेको छ । यस स्थितिमा मार्क्सवादको गम्भीर अध्ययन, मनन र क्रान्ति सम्पन्न गर्नका लागि यस कृतिले निश्चय नै महत्वपूण् सहयोग पुर्याउनेछ । यस प्रकारको रचना तयार पार्नु हुने कमरेड हस्तबहादुर केसी विशेष धन्यवादको पात्र हुनुहुन्छ । उहाँबाट अझै गहन कृतिहरू प्राप्त गर्ने आशा, अपेक्षा र उहाँको उत्तरोत्तर सफलताको समेत हार्दिक कामना गर्दै म बिदा लिन चाहन्छु । – भुमिकाबाट