संगीत दिनेतिर पनि गृहकार्य गर्दैछु – गायत्री थापा, गीतकार

२०७० फाल्गुन ३ गते, शनिबार

गीत लेखन र गायनका माध्यमबाट संगीत क्षेत्रमा देखापर्नु भएकी गायत्री थापा यस क्षेत्रको आशालाग्दो प्रतिभा हुनुहुन्छ । उहाँ शुरुमा आधुनिक गीत, भजन र लोकगीत संकलन गरेर संगीत क्षेत्रमा आउनु भएको हो । पश्चिमाञ्चलको सुन्दर जिल्ला गुल्मीमा जन्मनु भएकी गायत्री थापा ज्यादै छोटो समयमा लोकप्रिय हुने थोरै प्रतिभामध्येमा पर्नुहुन्छ । उहाँ यस क्षेत्रमा लागेका अहिले ४ वर्षात्र बितेको छ । तर, यो छोटो अबधिमा सयौं मर्मस्पर्शी गीत रचना गरेका उहाँले आफनो पहिचान आम श्रोताहरू स्थापित गराइसक्नु भएको छ । पछिल्लो समयमा उहाँ लेखनका साथै गायन क्षेत्रमा पनि देखापर्न थाल्नु भएको छ । उहाँको कर्ण्रा्रय गीतमा चर्चित गायिका अन्जु पन्तदेखि लिएर स्वरुपराज आचार्य लगायतका दर्जनौं गायक गायिकहरूले स्वर दिइसक्नु भएको छ । उहाँले रचना गर्नुभएका अधिकांश गीतहरू आमजनतामा मन मुटुमा लोकप्रिय भएर रहेका छन । नेपालको संगीत क्षेत्रमा बलियो सम्भावना लिएर देखापर्नु भएका कलाकार गायत्री थापासंग गरिएको कुराकानीको प्रमुख अंश संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ ।
० तपाई संगीत क्षेत्रमा कसरी लाग्नु भयो ?
मलाई सानैदेखि गीत गाउन र नाच्न मन लाग्थ्यो । कतै कार्यक्रम भयो भने त्यहाँ गएर दोहरी गीत गाउने, भजन गाउने र नाच्ने पनि गदर्थे । तर, त्यही बेला मलाई व्यवसायिक रुपमा यस क्षेत्रमा आउने वातावरण बन्न सकेको थिएन । तर मभित्रको संगीतप्रतिको इच्छा र चाहाना भने निकै तीब्र भएर गएको थियो । पछि निकै मेहनत गरेर आएपछि यस क्षेत्रमा आएको हो ।
० यस क्षेत्रतर्फलाग्नुमा कसैको खास पे्ररणा पनि छ कि ?
म मेरो आफ्नै रहर र चाहनाकै कारणले गर्दा संगीत क्षेत्रमा आएकी हुँ । शुरुमा मलाई परिवारबाट यस क्षेत्रमा लाग्नु हुँदैन भन्ने थियो । पछि मैले यस क्षेत्रमा निकै मेहनत र संर्घष्ा पनि गरें । रहर, मेहनत र संर्घष्ाले मलाई गीतकार र गायिका बनाएको हो ।
० कति भयो त यस क्षेत्रमा लाग्नु भएको ?
गीत गाउन र नाच्न थालेको त धेरै बर्षभयो । मैले लेखेका गीतहरू एल्बममार्फ बजारमा आउन थालेको भने धेरै भएको छैन । संगीत क्षेत्रमा व्यावसायिक रुपले लागेको २०६७ सालदेखि हो, अहिले ४ बर्षभयो ।
० कति वटा गीत लेखिसक्नु भयो त –
मैले लेखेका गीतको संख्या त धेरै भइसक्यो । सयौं छन ।
० शुरुमा कुन गीत लेख्नुभएको थियो, याद छ ?
मैले सबैभन्दा पहिले ‘सम्बन्ध नै टुटेपछि भेटनुको के अर्थ भयो, तिमीसंग मन खोल्नुको के अर्थ भो…’ बोलको गीत लेखेको थिए । उक्त गीतमा चर्चित गायिका अन्जु पन्तले स्वर दिनु भएको थियो । त्यो गीत निकै नै लोकप्रिय भयो ।
० अहिलेसम्म लेखेका गीतहरूमा सबैभन्दा चलेको कुन मान्नु हुन्छ ?
मैले रचना गरेका सबै गीत राम्रै चलेका छन । सबैले राम्रो आम्दानी गरेका छन । त्यस मध्यमा पनि सुनको तीजको गीत निकै लोकप्रिय भयो । त्यो गीतको बोल ‘सूनको चुरा औँठी नि सूनकै छ, मायाजालमा परे की के हो म रातदिन झझल्को उनकै छ …’ भन्ने थियो । त्यसको पीआरबीटी र सीआरबीटी पनि निकै धेरैले प्रयोग गर्नु भयो ।
० अहिले संगीतको बजार कस्तो छ ?
राम्रा राम्रा गीतको रचना गर्न सकियो भने त्यसको बजार ठीकै छ । सन्तोष मान्नुपर्ने छ । मिडियाको विकासले गर्दा यसमा राम्रै आम्दानी हुन थालेको छ ।
० अहिलेको सांगीतिक बजारमा कस्ता गीतहरूको माग बढी छ त ?
यतिबेलाको सांगीतिक बजारमा आधुनिक गीत र लोकगीतको माग बढी छ । भजन पनि सुन्ने गर्दछन । तर, पनि अहिलेका बजार आधुनिक र लोक गीत नै हो । त्यसमा पनि माया पिरती र विछोडका सन्देश बोकेका गीतसंगीत चल्ने गरेका छन् । हामीले पनि श्रोताको चाहानालाई बुझेर गीत लेख्न पर्ने हुन्छ ।
० तपाईले राष्ट्रिय गीत लेख्नु भएको छैन -?
मैले राष्ट्रिय गीत पनि लेख्ने सोच बनाएको छु । यो काम पनि गर्ने छु । म यस क्षेत्रमा लागेको धेरै भएको छैन । सबै क्षेत्रमा ध्यान पुग्न सकेको पनि छैन । समय पनि पुगेको छैन । यसले गर्दा हो ।
० यहाँले गीत लेख्ने र गाउने बाहेक अरु पनि केही काम गर्नु हुन्छ कि ?
अहिले त म पूण् रुपमा सांगीतिक क्षेत्रमै समर्पित रहेको छु । गीत लेख्ने, गाउने काम बढता गर्छु संगीत दिनेतिर पनि गृहकार्य गर्दै छु । यस बाहेक मैले शिव दर्शन डिजीटल प्रा. लि. र शिव दर्शन डिजीटल सेन्टर चलाएको छु । यी दुबै डिष्ट्रिब्युशन कम्पनि हो ।
० अबको योजना के छ त ?
मैले शब्द रचना गरेको गीति एल्बम छिटै निस्कने तयारीमा छ । यसमा पनि अन्जु पन्तको स्वर रहेको छ भने संगीत महेश खडकाको रहेको छ । यो गीत एम्पाएर डिजीटलबाट आउँदै छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार