बनु कि भस्मासुर ? – संजु रायमाझी

२०७० फाल्गुन २९ गते, बिहीबार


उम्लिएर रगत मेरो
कहाँ पोखीयों कि भन्दछ ,
बम ,गोला बारुद कि
बनुँ म बन्दुक भन्दछ !
टुटेको बाँधको भेल सरि
मेरा यो रगत बग्दछ
जब देख्दछु आमाको आँसु
मेरा हात नै खुंडा बन्दछ !!
छोपेर मेरा यी दुई आँखा,
बनु म स्वार्थी अन्धो की
यी हात रुपी दुई खुँडाले
गरु म अर्को द्वन्द कि !!!
कपटीहरु को बिचमा
गरू म अर्को कपट कि
बनी म अर्को सकूनि
बिछाई पासा कपटको
गरु म अर्को द्वन्द की !!!!
जलाई आगो चितामा
बनुँ म आफै लाश कि
बोकेर आगो चिताको
बनुँ म भस्मासुर कि

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार