देश बनउन नागरिकले सोच्ने बेला आएको छ : रिजाल

२०७१ असार १४ गते, शनिबार


काठमाडौं । सूचना तथा संचार मन्त्री मिनेन्द्र रिजालले देश बनउने कुरामा हरेक नागरिकले सोच्ने बेला आएको बताएका छन् । उनले ‘सेम दि कन्ट्री’ नामक नेपाली फिल्मका निर्माण कार्यको उद्घाटन कार्यक्रममा सो कुरा बताएका हुन । संवाद डबलीमा आयोजित उक्त कार्यक्रममा मन्त्री रिजालले भने ‘यो फिल्मले देशको बारेमा चिन्ता गरेकाले सफल होस् ।’ सोही कार्यक्रममा नेकपा-माओवादीका सचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले देश आफै नबदलिने भन्दै देश बनाउन राजनीतिले झै फिल्म क्षेत्रले पनि सकारात्मक भूमिका खेल्नु पर्ने बताए । ‘मनभित्र ज्वारभाटा उठेको छ । नेताहरु बेहोस देखिएका छन्, देश लथालिङ तिर अगाडी बढिरहेको छ, यो अवस्थालाई सही बाटोमा ल्याउन यो फिल्मले सही बाटो लिन सहयोग गर्नेछ’ सचिव चन्दले भने ।
चन्दले प्रेम, सुन्दरता भन्ने कुरा मान्छेको छनौटको विषय भएपनि देश बचाउने कुरा सबैको रुचीको विषय हुनुपर्ने विचार व्यक्त गरे । सोही कार्यक्रममा एमाओवादी स्थायी समिति सदस्य जनार्दन शर्माले निरास मान्छेलाई उत्साह थप्न र आम जनताको पक्ष लिने गरी फिल्म निमार्ण्रार्न निर्माण पक्षलाई सुझाव दिए । शर्माले भने, ‘जनताको संकल्प टुटेको छैन, यसमा आशावाद थप्न होला ।’
चलचित्र कलाकार संघका उपाध्यक्ष लक्ष्मी गिरीले चिलचित्रवाट मानवतावादलाई आत्मसात गर्नुपर्ने बताइन । ‘यो फिल्मले सकारात्मक सोचका साथ निर्माण हुन लागेको भन्दै सफलताको शुभकामना छ ।’
सो युवा फिल्मी कलाकार र्सूयकिरण रेग्मीको कथा रहेको फिल्मका निर्माता लभ प्याकुरेलका अनुसार देश बचाउने कुरामा आफ्नो फिल्म केन्द्रीत हुनेछ । उनले फिल्म देश र युवाहरुको कथा हुने बताए ।
फिल्ममा कलाकारहरु सारिका घिमिरे, सपना रोका, सुजना ढकाल, मियुन कुमार जिरेलले
महत्वपूण भूमिकामा रहेर अभिनय गर्नेछन् । त्यसैगरी नित्य निर्देशक शान्ति कठायत र रुषा श्रेष्ठ, द्वान्द्व निर्देशक शुक्र-प्रदिप रहेका छन् । घोषणा कार्यक्रम संवादका अध्यक्ष दीपेन्द्र रोकायाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार

धरापको बिचैबीच जीवन

२०८२ बैशाख १ गते, सोमबार